Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • सुनजस्तै बस्तु देखाई ठगि गरेको अभियोगमा दुई जना पक्राउ

    October 11, 2018


    बुटवल, २५ असोज ।  ईलाका प्रहरी कार्यालय बुटवलले सुनजस्तै बस्तु देखाई ठगि गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । गत सोमबार साँझ बुटवल उपमहानगरपालिका वडा नं. २ को फूलवारी गेट नजिकै नरहरी घर्तीसंग २१ लाख २५ हजार नगद रुपैंया ठगि गरेको अभियोगमा प्रहरीले फोक्सिङ् गाउँपालिका गुल्मी घर भई हाल रुपन्देहीको देवदह १० चरंगेमा बस्ने २७ वर्षी राजु परियार र सनही गाउँपालिका वडा नं. ६ पढहरी नवलपरासीका ३१ वर्षीय समिर भन्ने अब्दुल गनिलाई पक्राउ गरेको हो ।

    सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका आधारमा राज भन्ने राजु परियारले आफूसंग सुनको ढिक्का भएको र पैसा लिएर बुटवल आउन आग्रह गरेपछि त्रिवेणी गाउँपालिका वडा नं. ६ का हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ् बस्ने २३ वर्षीय नरहरी घर्ती बुटवल आएका थिए । साँझको समयमा सुनजस्तो देखिने पहिलो ढिक्का हातमा थमाएर २१ लाख २५ हजार रुपैंया ठगि गरेको प्रहरीले जनाएको छ ।

    ठगि घटनाको मुख्य योजनाकारको रुपमा रहेको राजुले सहयोगीहरुलाई रकम बाँडफाँड गरी आफ्नो भागमा परेको पैसा चरंगे आफ्नै घर पछाडी खाल्डो खनी पुर्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उसको साथबाट प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाईकल, १२ लाख रुपैंया नगद, सुनजस्तै देखिने पहेलो ढिक्का १ थान र सिमकार्ड सहितको मोवाईहरु बरामद गरिएको र थप अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै प्रहरीले भारतबाट चोरी पैठारी गरि अवैधरुपमा नेपाल भित्र्याएको ५ हजार हाँसका चल्ला नष्ट गरेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ लेखहवा स्थित निसार मुसलमानको कुखुरा खोरमा अवैध रुपमा चोरी पैठारी गरी ल्याएको हाँसका चल्ला बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक थापाले जानकारी दिनुभयो ।