Wednesday 24th April 2019
  • New title for a=>html, img=>alt
  • स्काईलार्कद्वारा शैक्षिक योजना सार्वजनिक

    March 25, 2019



    कपिलबस्तु, १० चैत । ग्रामीण क्षेत्रमा अंग्रेजी शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै २०५३ सालमा स्थापित स्काईलार्क इङ्गलिस बोर्डिङ्ग स्कुलले शैक्षिक सुधारका थप योजनाहरु सार्वजनिक गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीस्थित स्काईलार्क बोर्डिङ्गले आधारभूतदेखि माध्यामिक तह र प्राविधिकतर्फ सुधारका योजनाहरु सार्वजनिक गरेको हो ।

    विद्यालयले विद्यार्थीहरुलाई प्रतिष्पर्धी बनाउन तथा शैक्षिक गतिविधि प्रभावकारी तरिकाले संचालन गर्न शिक्षक तथा विद्यार्थीका विभिन्न समिति तथा उपसमितिहरु गठन गर्ने, विद्यालयका सुचना, गृहकार्य तथा परिक्षाफल अभिभावकले सहजरुपमा हेर्नका लागि विद्यालयको एप्सबाट प्रकाशन गर्ने, अभिभावकत्वलाई समय सापेक्ष परिमार्जन गरी बालबालिकालाई मार्गदर्शन गराउन तालिम संचालन गरिरहेको विद्यालयका अध्यक्ष तोलाकान्त डुम्रेले बताउनु भयो ।

    ‘स्थापनाकालदेखि नै उत्कृष्ट रहेको विद्यालयलाई प्रदेशकै उत्कृष्ट विद्यालय बनाउने गरी काम थालेका छौ’ उहाँले भन्नुभयो–‘विद्यालयमा सबै सुविधा उपलब्ध गराएर अध्यापन गराउने प्रयासमा सफल हुन्छौ ।’ सो विद्यालयले विद्यार्थी र अभिभावकको मागलाई ध्यानमा राख्दै अब छिटै उच्च शिक्षा संचालन गर्ने, बिद्यार्थीको विकास, एक विद्यार्थी एक अतिरिक्त क्रियाकलापलाई मुख्य नाराका साथ अगाडि बढाउने, थप भौतिक पूर्वाधार र प्रविधिको विकास गरिने, होस्टेल तथा सेमिहोस्टलको ब्यवस्था, अतिरिक्त क्रियाकलापमा जोड, प्रविधियुक्त अध्यापन लगायतका अल्पकालीन तथा दीर्घकालीन योजना सार्वजनिक समेत गरिएको छ ।

    बिद्यालयले दिएको जानकारी अनुसार बालविकास केन्द्रदेखि कक्षा ५ सम्म बालमैत्री कक्षाकोठा ब्यवस्थापन गरी मन्टेश्वरी माध्यममा पढाउने योजना बनाएको छ भने आगामी शैक्षिक सत्रदेखि सबै कक्षाकोठामा डिजिटल प्रविधिबाट अध्यापन गराउने भएको छ । यो विद्यालयमा हाल ३ सय ९८ छात्र र ३ सय ८२ छात्रा सहित कुल ७ सय ८० विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । जिल्लाको दक्षिणमा सदरमुकाम तौलिहवा सम्मका बालबालिकाहरु अध्ययनका लागि विद्यालयमा आउने गरेको विद्यालयका प्रिन्सिपल कमल पौडेलले बताउनु भयो ।

    २०७४ साल देखि नयाँँ व्यवस्थापनका साथ अत्याधुनिक भवनबाट पठनपाठन सेवा संचालन गरेको स्काईलार्कले द्ुई दशक भन्दा लामो समयदेखि जिल्लामै सर्वाेत्तम गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको पौडेलले दावी गर्नुभयो । अहिले सम्म विद्यालयले प्रदान गरेको शिक्षाबाट यस क्षेत्रका विद्यार्थी र अभिभावक पनि सन्तुष्ट रहेको बताउँदै अब विद्यालयले थप स्तरीय आवासीय व्यवस्था मिलाउने उहाँले बताउनु भयो ।