पाँच हजार शिक्षक कर्मचारीले मन्त्रालय घेर्ने

720

पाँच हजार शिक्षक कर्मचारीले मन्त्रालय घेर्ने

बुटवल, ६ मंसिर । आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बरको अस्थायी राजधानी बुटवलमा विरोध प्रदर्शन सहित सामाजिक बिकास मन्त्रालय घेराउ गर्ने भएको छ । आफ्ना मागहरु प्रति सरकारले बेवास्ता गरेको र पटक पटक ध्यानर्कषण गराउदा समेत कुनै सुनुवाई नभएपछि थप आन्दोलनका क्रममा शुक्रबार मन्त्रालय घेर्न लागिएको हो ।

शिक्षक महासंघले बिहिबार रिपोटर्स क्लवको कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरि आफ्ना माग सम्बोधन गर्नलागि सरकारलाई दवाव सिर्जना गर्न मन्त्रालय घेर्ने कार्यक्रम राखिएको शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारीले बताउनु भयो । पेशागत २६ सुत्रियमाग सहित पटक पटक सरकारको ध्यानर्कषण गराउदै आएको महासंघले तेस्रो चरणको आन्दोलनका क्रममा पाँच हजार शिक्षक कर्मचारी उतारेर प्रर्दशन सहित मन्त्रालय घेर्ने कार्यक्रम तय गरिएको उहाँले बताउनु भयो ।

महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरु समेत बन्द गर्दै आन्दोलनमा सहभागिता जनाउन सबैलाइ आग्रह गरेको छ । महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।

तत्कालिन उच्च माविमा कार्यरत शिक्षकको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहात शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायतका शिक्षक महासंघले माग अंगाडी सारेको छ ।