द टप मेन्नीक्वीन लुम्बिनीको अडिशन सुरु

1K

द टप मेन्नीक्वीन लुम्बिनीको अडिशन सुरु

झबिन्द्र देवकोटा /
बुटवल, ३ असोज । बुटवलमा द टप मेन्नीक्वीन लुम्बिनीको अडिशन मंगलबारबाट बुटवलमा सुरु भएको छ । लुम्विनी अञ्चलका युवा युवतीहरुको क्षमतालाई बाहिर निकालेर बेष्ट मोडल छान्ने उद्देश्यले आयोजना गरिएको मेन्नीक्वीन लुम्विनीमा महिला र पुरुष गरि दुई जना बेष्ट मोडल छानिने भएका छन् ।

नेभारा बुटिक ईभेन्ट बुटवलको आयोजनामा भएको मेन्नीक्वीन लुम्विनीले युवायुवतिमा भएको प्रतिभा निखारेर बाहिर निकाल्ने र उनीहरुलाई बेष्ट मोडलको उपाधी प्रदान गर्ने मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

रुपन्देहीका विभिन्न स्थानका साथमा अन्य जिल्लामा १६ वर्ष माथीका युवायुवतिहरुको सहभागिता रहने प्रतियोगितामा बिवाहीत अविवाहीत दुबैले सहभागिता जनाउन पाउने मेन्नीक्वीन ईभेन्टका संयोजक रिजन मगरले जानकारी दिनुभयो । यहि असोजको ३० गते बुटवलमै ग्राण्ड फिनाले हुने भनिएको प्रतियोगिताको विजेताले नगद सहित, उपाधी र भारतको गोवा घुम्न जाने मौका समेत पाउने बताइएको छ ।

फाईनल प्रतियोगितामा ४५ जना सहभागि हुने कार्यक्रमको बीचमा फोटोसुटका लागि सहभागिहरुलाई मुस्ताङ्ग र पोखराको एक साताको ट्रिप समेत गराइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगितामा सहभागि भएकाहरुको स्वभाव, क्याटवाक, कन्फिडेन्ट लेवल लगायतका खुबिहरुलाई बाहिर निकाल्नुका साथै तिनै खुबि हरिने प्रतियोगिताका फेशनडिजाईनर तथा नेभारा बुटिकका संचालक मुना रानाले जानकारी दिनुभयो ।