Wednesday 21st August 2019
  • New title for a=>html, img=>alt
  • व्यूटिसियन संघको तीजमिलन कार्यक्रम : मौलिकतामा जोड

    August 13, 2019


    बुटवल, २८ साउन । नेपाल व्यूटिसियन संघ बुटवल नगर समितिले मंगलबार बुटवलमा भेटघाट तथा तीज मिलन कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल व्यूटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्काले तीज विवाह बन्धनमा बाँधिएका दिदिबहिनीलाई भेट गराउने र दुःख सुख साटासाट गर्ने पर्वको रुपमा रहेको बताउँदै तीजको मौलिकतालाई कायम गराउन र अझै फराकिलो बनाउनु पर्ने धारणा राख्नुभयो ।

    त्यस्तै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले अहिले तीज भड्कीलो बन्दै गएको उल्लेख गर्दै तीजको मौलिकता भूल्न नहुने बताउनु भयो । उहाँले तीज महिलाहरुको ऐतिहासिक पर्व भएको र यसको मौलिकतामा ध्यान दिनुपर्ने भनाई राख्नुभभयो ।

    नेपाल व्यूटिसियन संघ बुटवल नगर समितिका अध्यक्ष मनु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगरसमितिका सचिव भवानी शर्मा, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन)का केन्द्रीय अध्यक्ष जेवी गुरुङ, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश समितिका उपाध्यक्ष कृष्ण वेलबासे, रुपन्देहीका सचिव हिमबहादुर केसी, कोषाध्यक्ष सूर्यदेव दास, व्यूटिसियन संघकी प्रदेश अध्यक्ष विष्णु थापा, केन्द्रीय सदस्य शशी शाह, रुपन्देहीकी जिल्ला अध्यक्ष रेनु कर्माचार्य लगायतले भनाई राख्नुभएको थियो ।

    कार्यक्रम स्वागत नगर समितिकी उपाध्यक्ष शरीता गिरीको स्वागत तथा सचिव लिलमायाँ गुरुङको सञ्चालनमा भएको थियो ।