बन्द र हडताल, राष्ट्रिय चाड भयो

354

बन्द र हडताल, राष्ट्रिय चाड भयो

tilak

गजल
*****
बन्द र हडताल, राष्ट्रिय चाड भयो ।
राजनीति हो, तिल पनि पहाड भयो ।

जनताको समस्या, ज्यूँका त्यूँ छ्न्,
कुर्सीको निम्ति तछाँडमछाड भयो ।

न गर्न सक्ने न मर्न सक्ने, भए नेता,
नेतृत्व घाँटीमा, अड्केको हाड भयो ।

जनताको कर-राजस्व, सबै स्वाहा,
नेताकै निम्ति, स्वादिलो माड भयो ।

आफ्नो व्यक्तिगत स्वार्थ, पूरा गर्ने,
परेडी मैदान, जनताको ढाड भयो ।

तिलक तारामी ” रेशाली “
बुटवल – १३, रुपन्देही