पचास लाख लगानीमा गार्मेन्ट उद्योग

1K

पचास लाख लगानीमा गार्मेन्ट उद्योग

बुटवल, १ जेठ । चार जना युवा उद्यमीको ५० लाख रुपैंया लगानीमा तिलोत्तमाको जानकीनगरमा गार्मेन्ट उद्योग सञ्चालन गरिएको छ । यसै क्षेत्रका युवा उद्यमीहरु कृष्णप्रसाद पराजुली, पोषराज खनाल, कृष्णप्रसाद कंडेल र बाबुराम भुसालको संयुक्त लगानीमा ‘सगरमाथा मिनी गार्मेन्ट उद्योग’ सञ्चालन गरिएको हो ।

उक्त उद्योगको तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टंकप्रसाद तिवारीले रिवन काटेर शुभारम्भ गर्नुभएको थियो । तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकीनगरमा सञ्चालन गरिएको उक्त गार्मेन्ट उद्योगबाट महिला तथा पुरुषकालागि सर्ट पाईन्ट, कुर्ता सुरवाल, लेगिज लगायतका सबै प्रकारका गुणस्तरीय लत्ता कपडा उत्पादन गरिने उद्योगका सल्लाहकार सुशिल भण्डारीले बताउनु भयो ।