नेपाल ट्रेड युनियन काँग्रेस : युवा समितिको अध्यक्षमा पोखरेल

421

नेपाल ट्रेड युनियन काँग्रेस : युवा समितिको अध्यक्षमा पोखरेल

बुटवल, २८ असार । नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले मदन पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।

समितिको खुल्ला उपाध्यक्षमा भुषण राना, महिला उपाध्यक्षमा अञ्जना भुसाल, सचिवमा समित्रा पाण्डे, कोषाध्यक्षमा पंकजकुमार मल्लाहलाई निर्बिरोध रुपमा चयन गरिएको हो । ११ सदस्यीय समितिको सदस्यहरुमा ईन्द्रा पोखरेल, सरस्वती अधिकारी, सीता थापा, सुशिल न्यौपाने, प्रविन थापा र कमरुद्धिन नाउलाई चयन गरिएको हो ।

नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति रुपन्देहीका संयोजक कबिन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवि गुरुङ्, नेपाली काँग्रेसका महासमिति सदस्य तथा ट्रेड युनियन काँग्रेस प्रदेश समितिका सल्लाहकार दीर्घबहादुर केसी, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश उपाध्यक्ष कृष्ण वेलवासे, रुपन्देहीका कार्यवाहक अध्यक्ष अयुव अली खान, अर्घाखाँचीका कार्यवाहक अध्यक्ष विश्वदेव न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

२५ वटा आवद्ध संस्था रहेको नेपाल ट्रेड युनियन काँग्रेसको रुपन्देही जिल्लामा १८ वटा आवद्ध संघ रहेका छन् ।