रुपन्देहीको गैडहवामा किशोरीको शंकाशपद मृत्यु

1.2K

रुपन्देहीको गैडहवामा किशोरीको शंकाशपद मृत्यु

बुटवल १ जेठ । रुपन्देहीको गैडहवा गाउँपालिकामा एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिका वडा न.१ साँडिको भुझौली भन्ने गाउँमा बुधबार विहान ६ बजे विहेको तयारीमा रहेकी १९ वर्षीय सवनाम निशा नाम गरेकी किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक निशा खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा फेला परेकी हुन् । सोमबार राति खाना खाए पछि निशा घरबाट हराएकी थिईन् । मृतक निशालाई पोष्टमार्टका लागाी त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमान्डौ पठाइएको छ भने घटना स्थलबाट एक युवाकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयहरुले विहान करिब ७ वजे प्रहरीलाई खवर गरे लगत्तै प्रहरी घटना स्थल तर्फ पुगेको थियो ।

रुपन्देहीका प्रहरी उपरिक्षक हृदय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिनुभयो । उहांले घटनाको अनुसन्धान अघि बढिसकेको बताउदैँ पोष्टमार्टपछि घटनाको कारण पत्ता लाग्ने बताउनु भयो । पोष्टमार्टमबाट आएको रिपोर्ट अनुसार हामी घटनाको सफल अनुुसन्धान गछौँ, चाडै नै घटनाको बास्ताविकता पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउछौ ।

मृतक निशाका वुवा महोम्मद हिसाहार भन्नुभहुन्छ–‘सोमबार राति खाना खाएपछि छोरी सुत्न गयो, कोठामा अनि राति आमाले हेर्दा विस्तारामा नभएपछि खोजिकार्यमा जुटियो अनि मंगलबार पनि दिनभर खोजिकार्यमा लाग्दा पनि भेटिएन र आज मृत अवस्थामा फेला परेको छ ।’ ती युवतीको यहि महिनामा बिहेको तयारी गरिएको थियो । सामुहिक रुपमा हत्या गरेर फालीएको हुन सक्ने स्थानीहरुले आशंका गरेका छन् । स्थानीयले घटनाको बास्ताविकता पत्ता लगाई छिटै नै दोषिलाई कडा भन्दा कडा कार्वाही गर्न प्रहरी प्रशासन समक्ष माग गरेका छन् ।