एस्कर्टस् क्रेनको बुटवलमा विक्रि शुरु

800

एस्कर्टस् क्रेनको बुटवलमा विक्रि शुरु


बुटवल, फागुन । आईएमई आटोमोटिभ प्रालि काठमाडौ अन्तर्गतको एस्कर्टस्को हेभी उपकरण अन्तर्गत हायड्रा वान फाईफ फोर पी क्रेन बुुटवलमा विक्रि शुभारम्भ भएको छ ।

विहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष मोहनलाल जोशी, एस्कर्टस् डिभिजन (नेपाल)को सेल्स हेड आशोक कार्की, कन्ट्री म्यानेजर राजेश प्रसाद यादवले शुभारम्भ गरेका हुन् ।

बुटवलको लागि आधिकारीक विक्रेता चैतन्य ईक्युपमेन्टका निर्देशक प्रेम प्रकाश श्रेष्ठका अनुसार बुटवलमा विक्रि शुभारम्भ भएको क्रेन यस क्षेत्रका साथै पश्चिम नेपालका विभिन्न स्थानमा उपलब्ध हुने छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष मोहन लाल जोशीले हायड्रा क्रेनको उपस्थिती आफैमा महवत्पूर्ण भएको बताए । उनले हायड्राले उपभोक्ताहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।
क्रेन एप्लीकेशनको लागि प्रयोग हुने हायड्राको डिजाईन ४९.५ एचपिको ईन्जीन रहेको छ । यस्तै ५०० घण्टा सर्भिस ईन्टर्भल, रोप कम्पेन्सेसन सहित ४ वटा पार्टस् स्डेम बुम, १२ टन क्षमताको ६ वटा फल विन्च, १५ मिटरको भर्टिकल उचाई र १.९ केएमपिएसको स्पीड रहेको छ ।