राष्ट्रपति विद्यादेवी भण्डारीले भोली (मंगलबार) संसदका दुबै सदनलाई संयुक्त सम्बोधन गर्ने हुनुभएको छ । भोली अपराह्न ४ बजे बस्ने संसद बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । उक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।
संसदको पहिलो बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुहुने छ भने दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने छ । दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति सदनमा टेवल गर्नुहुने छ ।