Wednesday 24th April 2019
  • New title for a=>html, img=>alt
  • अर्थ

    एनएमबिको खातामा दश लाख रुपैंयाको बिमा

    बुटवल, ८ बैशाख । एनएमबि बैंकले ग्राहक अभिबृद्धिकालागि प्रत्येक खातामा १० लाखसम्मको बिमा योजना ल्याएको छ । बैंकको प्रदेश पाचको प्रदेश कार्यालयले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि ‘सबैकालागि बचत, सधैकालागि सहारा’ भन्ने नारा सहित ‘एनएमबि सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको जानकारी गराएको हो । यो कार्यक्रम अन्तरगत अब खाता खोल्ने सबैकालागि १० लाख सम्मको

    लुम्बिनी सहकारीमा साहित्य पुरस्कार वितरण

    बुटवल, ७ बैशाख । लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको ‘लुम्बिनी साहित्य पुरस्कार २०७६’ साहित्यकार गंगा लिगल तथा ‘जानकीदेवी आध्यात्मिक साहित्य पुरस्कार २०७६’ साहित्यकार नारायणप्रसाद तिम्सिनालाई प्रदान गरिएको छ । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था स्थापना भएको २३ औं वर्ष प्रवेशका अवसरमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रम ती दुई पुरस्कार प्रदान गरिएको

    अनुदानले कृषिमा महिला आकर्षित

    रेनुका गिरी/ बुटवल, ३० चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका १२ मा महिलाहरुले च्याउ खेती, भकारो सुधार कार्यक्रम र अहिले आएर मकै खेती गर्दै आएका छन् । थोरै लगानीमा राम्रो कमाई हुने भएपछि महिलाहरु कृषि कर्ममा आकर्षित भएका हुन् । विगतमा छिमेकमा गफ गरेर दिन बिताउँने महिलाहरु अहिले खेतीमा लागेर व्यस्त हुने गरेका छन् । घरको

    कामना सेवा बैंकको धितोपत्र सूचिकरण स्थगित

    बुटवल, २६ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कामना सेवा विकास बैंकको धितोपत्र सूचीकरण स्थगित गरेको छ । लाभांश प्रस्तावको सूचना ढीलो गरि नेप्सेलाई जानकारी गराएकाले बैंकको सूचीकरण स्थगित गरिएको हो । बैंकको यहि चैत २४ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय दुई दिनपछि मंगलबार (२६

    जनता बैंक दशौं वर्षमा : रक्तदान तथा डष्टविन वितरण

    बुटवल, २३ चैत । जनता बैंक नेपाल लिमिटेड १० औं वर्षमा प्रवेश गरेको अवसरमा शनिबार देशभर बिभिन्न कार्यक्रम गरिएको छ । यसै अवसरमा बैंकको पाच नम्बर प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा सुभेच्छुक गरि ५१ जनाले रक्तदान गरेको बैंकका प्रदेश प्रतिनीधि तथा

    शाइन बैकले पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने

    बुटवल, २१ चैत । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नम्वर ५ को सरकारले घोषणा गरेको लुम्विनी भ्रमण वर्षलाई सहयोग पुर्याउन पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु गर्ने भएको छ । बैकले दुबै सरकारले घोषणा गरेको भ्रमण वर्षलाई बित्तिय क्षेत्रबाट पनि सहयोग गरी आन्तरीक तथा बाह्य

    एनआईसी एशिया बैंक २२ औं वर्षमा प्रवेश :२२ चमत्कारिक विशेषता र १५ नयाँ निक्षेप योजना

    बुटवल, २१ चैत । एनआईसी एशिया बैंकले स्थापनाको २२ औं वर्ष प्रवेशको अवसरमा २२ वटा चमत्कारिक विशेषता सहितका योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना पुराना र नयाँ ग्राहकहरुको हितकालागि २२ वटा चमत्कारिक विशेषताहरु रहेको १५ वटा नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको हो । बैंकले बैंकको प्रादेशिक कार्यालय शँकरनगरमा बिहीबार पत्रकार सम्मेलन गरेर चमत्कारिक

    कृषि पत्र पाक्षिक पत्रिका र अनलाईन सुरु

    बुटवल १८, चैत। कृषि पत्रकार समाज प्रदेश ५ र जिल्ला शाखा रुपन्देहीले कृषि क्षेत्रको विशिष्टकृत पत्रिकाको रुपमा कृषि पत्र पाक्षिक खबर पत्रिका र डिजिटल अनलाईन कृषि पत्र डट कम शुभारम्भ गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल ले पत्रिकाको विमोचन र अनलाईनको

    मुलुकमा लगानीको वातावरण बनाईदिन उद्योगी व्यबसायीको आग्रह

    बुटवल, १८ चैत । बुटवलका उद्योगी व्यबसायीहरुले सरकारलाई उद्योग व्यबसाय मैत्री ऐन कानुन निर्माण गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकको समृद्धिकालागि लगानी अपरिहार्य रहेको र लगानीको सुरक्षा हुने गरी ऐन कानुन निर्माण गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरेका हुन् । दुई तिहाईको स्थीर सरकार बनेपछि मुलुकमा लगानीको वातावरण बन्ने अपेक्षा

    लगानी सम्मेलनबाट लगानी कर्ता उत्साहित : अर्थमन्त्री खतिवडा

    बुटवल, १८ चैत । अर्थमन्त्री डा. युवराज खतीवडाले लगानी सम्मेलन उत्साहजनक रुपमा सम्पन्न भएको र सम्मेलनले लगानीकर्तालाई उत्साहित बनाएको बताउनु भएको छ । काठमाण्डौमा सम्पन्न लगानी सम्मेलन मुलुकको आर्थिक बिकास तथा समृद्धिको यात्रामा कोशेढुंगा सावित हुने उहाँले दावी गर्नुभयो । नेपाल सुनचाँदी व्यबसायी महासंघको छैठौं बार्षिक साधारण सभाको सोमबार रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै अर्थमन्त्री खतीवडाले