Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • अर्थ

    बुटवलमा लुम्बिनी एक्स्पो सुरु हुँदै

    बुटवल, ३ पुुस । बिहिबारदेखि बुटवलमा लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुँदैछ । रुपन्देही व्यापार संघले आयोजना गरेको मेलाको पूर्व सन्ध्यामा बुधवार बुटवलमा प्रचारात्मक जनचेतना ¥याली प्रदर्शन गर्न लागिएको छ । यहि पुसको १८ गतेसम्म सञ्चालन गरिने मेलामा ६ सय स्टल समावेश गरिएको (आज) मंगलबार मेला स्थलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

    सडक महोत्सवको प्रचार गर्न पोखराको टोली बुटवलमा

    बुटवल, ३ पुुस । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराले आयोजना गर्न लागेको २० औं पोखरा सडक महोत्वसको टोली प्रचार प्रसारका लागि बुटवल आएको छ । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर रेबान पोखराले पुसको १३ देखि १७ गते (डिसेम्बर२८–जनवरी–१) सम्म पोखराको लेकसाईडमा २० औं पोखरा सडक महोत्सव आयोजना गरेको छ । ‘सडकमै

    कुस्तीमा रुपन्देहीका पहलमान राजेन्द्र यादव विजयी

    भैरहवा, २६ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको भैरहवामा जारी राष्ट्रिय लुम्बिनी महोत्सव–२०७५ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) को सातौं दिन बुधबार कुस्ती पहलमानले दर्शकलाई मेलातर्फ आकर्षित गरेका छन् । तराईमा अत्याधिक रुचाइएको यो खेल हेर्न रुपन्देही लगायत प्रदेश नम्बर ५ का अन्य जिल्ला र भारतबाट समेत घुँइचो थियो ।

    शाइन रेसुङ्गा बैंकको दुई शाखा बिस्तार

    बुटवल, २६ मंसिर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देहीको शंकरनगर र नवलपरासीको सुनवलमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा विस्तारसंगै बैंकको शाखा संख्या ३८ पुगेको छ भने एउटा एक्सटेन्सन कार्यालय रहेको छ । बैंकले निकट भविष्यमा रुपन्देहीको कोटीहवामा थप शाखा कार्यालय विस्तार गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

    लुम्बिनी विश्व शान्तिको शाझा स्थल : प्रचण्ड

    भैरहवा, २० मंसिर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी विश्व शान्तिकालागि साझा स्थल भएको बताउँदै विश्वका कुनैपनि देशमा भएका द्वन्द्वरत पक्षलाई लुम्बिनीमा आएर शान्ति सम्झौता गर्न सुझाव दिनुभएको छ । उहाँले विश्व शान्तिका लागि बुद्ध जन्मस्थल लुम्विनी विश्वको साझा स्थल भएको धारणा राख्दै बुद्धिष्टकालागि मात्रै नभई लुम्बिनी सबै

    लेखा प्रणालीलाई व्यवस्थित गरौं : मुख्यमन्त्री

    बुटवल, १९ मंसिर । मुख्यमन्त्री शंकर पोखरेलले लेखा प्रणालीलाई शुरुदेखि नै चुस्त र व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिदा पछि समस्या नपर्ने बताउनुभयो । महालेखापरीक्षक कार्यालयको टोलीसंग बुधवार भएको छलफल तथा अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पोखरेलले चासो राखेर ठीक समयमा महालेखापरीक्षकको कार्यालयको टोली आएको र यसले लेखा प्रणाली व्यवस्थित गर्न सघाउ

    सकियो तिलोत्तमा व्यापार मेला

    मणिग्राम, १८ मंसिर । ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार बिबिधीकरण’ भन्ने नाराका साथ रुपन्देहीको तिलोत्तमामा सञ्चालन गरिएको तिलोत्तमा औद्योगिक व्यापार मेला सकिएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजना तथा उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा यही मंसिर ६ गतेदेखि संचालित महोत्सवको समापन गर्दै प्रदेश पाँचका

    बिचौलिया विरुद्ध कुखुरा किसान सडकमा

    बुटवल, १८ मंसिर । सरकारले आफूहरुका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै ब्रोइलर कुखुरा पालक किसानले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । गएको मंसिर ५ गते विभिन्न मागसहित प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई नौं बुँदे ज्ञापनपत्र बुझाएका किसानले यसबीचमा मन्त्रालयले माग सम्बोधन गर्न चासो नदेखाएपछि मंगलबार सडकमा उत्रेर विरोध प्रदर्शन गरेका हुन्

    सेती नदि जलविद्युतको प्रारम्भिक काम सम्पन्न

    बुटवल, १६ मंसिर । भिजन लुम्बिनी पब्लिक लिमिटेडले सेती नदि जलविद्युत आयोजनाको प्रारम्भिक काम सम्पन्न गरेको जनाएको छ । २५ मेघावाटको जलविद्युत आयोजनाको लागि सर्भेको सम्पूर्ण काम सम्पन्न गरी पिपीएको सम्झौता समेत गरेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जनाकारी गराउनु भयो । भिजन लुम्बिनीले त्यसका बारेमा जानकारी गराउनकालागि आईतबार बुटवल स्थित आफ्नै कार्यलयमा पत्रकार सम्मेलन

    बित्त अधिकार बिकेन्द्रित नगरे समस्या आउन सक्छ : शाह

    बुटवल, १६ मंसिर । नेपाली काग्रेसका नेता एवं प्रतिनिधि सभाका सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित गर्न नसकेको बताउनु भएको छ । नेपाल प्रेस युनियनले आईतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित नहुदा जनतामा संघीयता प्रति नै निरासा बढ्न सक्ने बताउनु भएको