Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • खेल

    इन्टलेक्च्यूअलमा खेल सप्ताह समापन

    बुटवल २७ पौष । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगर मझुवामा खेल सप्ताह समापन भएको छ । विद्यार्थीलाई किताबी ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी बनाई उनिहरु भित्र रहेको आन्तरिक प्रतिभा लाई उजागर गर्ने उद्घेश्य सहित प्रारम्भ गरिएको हो । खेलकुद सप्ताहको एक समारोहबिच विद्यालयका अध्यक्ष डिल्लीराज अर्याल र संस्थापक एवं प्रबन्धनिर्देशक रामराज पोख्रेलले पुरस्कार वितरण

    पर्वतमा ‘दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता’

    बुटवल, १८ पुस । पर्वत सदरमुकाम कुष्मामा महिलाहरुले सञ्चालन गरेको सामुदायिक रेडियो दिदीबहिनीले ‘दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता’ आयोजना गरेको छ । रेडियोको नवौं वार्षिकोत्सवको अवसरमा आगामी फागनु १७ देखि २५ गतेसम्म बिभिन्न प्रतियोगिताहरु आयोजना गरिएको –आज)बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । त्यस अवसरमा रेडियोले प्रथम दिदी बहिनी डान्स आईडल, खुल्ला

    दोस्रो जनज्योतीकपको तयारी पुरा

    बुटवल, ५ पुस । दोस्रो जनज्योतीकप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । जनज्योती क्लबको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थित डिङ्गरनगरको जनज्योती खेलमैदानमा हुने प्रतियोगिताको खेलमैदान, टिम तयारी सबै पुरा भएको हो । प्रतियोगिताको पूर्वसन्ध्यामा आज (विहिवार) मोटरसाईकल सहितको जनचेतनामुलक युवाहरुको प्रचार ¥याली निकालिएको छ । डिङ्गरनगर खेलमैदानबाट शुरु भएको मोटरसाईकल ¥यालीनगर

    बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

    बुटवल, २७ मंसिर । बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन दिने प्रदेश पाँच स्तरीय मुख्यमन्त्री कप खुल्ला व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । २०६७ सालमा स्थापना गरिएको बुटवल व्याडमिन्टन क्लवले यस अंगाडी प्रत्येक वर्ष पुसको १, २ र ३

    कुस्तीमा रुपन्देहीका पहलमान राजेन्द्र यादव विजयी

    भैरहवा, २६ मंसिर । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको भैरहवामा जारी राष्ट्रिय लुम्बिनी महोत्सव–२०७५ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) को सातौं दिन बुधबार कुस्ती पहलमानले दर्शकलाई मेलातर्फ आकर्षित गरेका छन् । तराईमा अत्याधिक रुचाइएको यो खेल हेर्न रुपन्देही लगायत प्रदेश नम्बर ५ का अन्य जिल्ला र भारतबाट समेत घुँइचो थियो ।

    प्रथम ईन्भाईरमन्ट अकआउट क्रिकेट प्रतियोगिता:
    क्वाटर फाईनलका खेल सम्पन्न

    बुटवल, २६ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका मण्ग्रिाममा रहेको न्यू ईन्भाईरमन्ट बोर्डिङ् स्कुलको रजत महोत्सवको पूर्व सन्ध्यामा आयोजना गरिएको प्रथम ईन्भाईरमन्ट अकआउट क्रिकेट प्रतियोगिता अन्तरगत बुधबार क्वाटर फाईनलका खेल सम्पन्न भएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा लिटिल प्याराडाईज १ सय रनले विजयी भएको छ ।

    क्लवका सदस्यहरुको स्मृतिमा लनटेनिस प्रतियोगिता

    बुटवल, २२ मंसिर । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही सञ्चालन गरेको दोस्रो जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता सकिएको छ । प्रतियोगितामा तीन उमेर समुहमा भएको प्रतियोगितामा ८ वर्ष मुनिको समुहबाट ओसन थापा प्रथम, डिप्पल रजाली द्वितीय, निश्चल ज्ञवाली र सनवास मिया तृतीय भएका छन् । त्यस्तैगरी १० वर्ष मुनीको उमेर समुहबाट पुरुष तर्फ

    स्मृति कप फूटवल शनिबारदेखि हुने

    बुटवल, १३ मंसिर । प्रथम स्मृति कप अन्तर बिद्यालय नकआउट फूटवल प्रतियोगिता शनिबारदेखि बुटवलमा हुने भएको छ । स्मृति स्पोर्टस क्लवको आयोजना र एन्फा एकेडेमी बुटवलको सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा रुपन्देही जिल्लाका २६ बिद्यालयको सहभागिता रहने क्लवका अध्यक्ष महेश खनालले बताउनु भयो । क्लवले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो

    बुटवलमा लनटेनिस प्रशिक्षण सुरु

    बुटवल,मंसिर । बालबालिकाको क्षेत्रमा काम गर्ने किवानिज क्लव अफ सेन्ट्रल बुटवलले लनटेनिसका खेलाडी बालबालिकालाई कोरियन प्रशिक्षकबाट एक हप्ताको प्रशिक्षण सुरु गरेको छ । बालबालिकालाई लागु औषध दुव्र्यसनीमा फस्नबाट रोक्नकालागि खेलकुदको नसा दिनकालागि बिशेषगरी १४ वर्ष मुनीका बालबालिकालाई प्रशिक्षण दिईने क्लवका अध्यक्ष बालकृष्ण अर्यालले बताउनु भयो । उक्त प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्दै प्रदेश पाँचका प्रदेश

    पुर्कोट दहमा दशैं बिशेष कार्यक्रम हुँदै

    गुल्मी, १५ असोज । गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ मा कृयाशिल जनप्रिय युवा क्लवले दशैं बिशेष कार्यक्रम गर्ने भएको छ । क्लवको १२ औं वार्षिकोत्सवको अवसर पारेर क्लवले दशैं विशेष कार्यक्रम गर्न लागेको हो । गुल्मी, प्युठान र अर्घाखाँचीको संगम स्थल कङ्के देउरालीको काखमा गुल्मीमा स्थापित उक्त क्लवले खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गर्न