Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • खेल

    स्मृति कप फूटवल शनिबारदेखि हुने

    बुटवल, १३ मंसिर । प्रथम स्मृति कप अन्तर बिद्यालय नकआउट फूटवल प्रतियोगिता शनिबारदेखि बुटवलमा हुने भएको छ । स्मृति स्पोर्टस क्लवको आयोजना र एन्फा एकेडेमी बुटवलको सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा रुपन्देही जिल्लाका २६ बिद्यालयको सहभागिता रहने क्लवका अध्यक्ष महेश खनालले बताउनु भयो । क्लवले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो

    बुटवलमा लनटेनिस प्रशिक्षण सुरु

    बुटवल,मंसिर । बालबालिकाको क्षेत्रमा काम गर्ने किवानिज क्लव अफ सेन्ट्रल बुटवलले लनटेनिसका खेलाडी बालबालिकालाई कोरियन प्रशिक्षकबाट एक हप्ताको प्रशिक्षण सुरु गरेको छ । बालबालिकालाई लागु औषध दुव्र्यसनीमा फस्नबाट रोक्नकालागि खेलकुदको नसा दिनकालागि बिशेषगरी १४ वर्ष मुनीका बालबालिकालाई प्रशिक्षण दिईने क्लवका अध्यक्ष बालकृष्ण अर्यालले बताउनु भयो । उक्त प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्दै प्रदेश पाँचका प्रदेश

    पुर्कोट दहमा दशैं बिशेष कार्यक्रम हुँदै

    गुल्मी, १५ असोज । गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ मा कृयाशिल जनप्रिय युवा क्लवले दशैं बिशेष कार्यक्रम गर्ने भएको छ । क्लवको १२ औं वार्षिकोत्सवको अवसर पारेर क्लवले दशैं विशेष कार्यक्रम गर्न लागेको हो । गुल्मी, प्युठान र अर्घाखाँचीको संगम स्थल कङ्के देउरालीको काखमा गुल्मीमा स्थापित उक्त क्लवले खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गर्न

    गुल्मीमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै 

    गुल्मी ,असोज । गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्तरीय क्रीकेट प्रतियोगिता सञ्चालन हुनेभएको छ । नेपाल क्रिकेट एसोसिएन अफ गुल्मी को तदर्थ समितिले आयोजना गरेको उक्त प्रतियोगिता यही कार्तिक १२ गते देखी सञ्चालन हुने भएको छ ।गुल्मी जिल्लामै क्लव वा टिमको रुपमा दर्ता भएका टिमहरुले मात्रै प्रतियोगीतामा सहभागी हुन पाउने छन् भने प्रत्येक टिममा कम्तीमा १२

    न्यू लुम्बिनी ब्याडमिन्टन क्लवमा बोनिन पिया

    बुटवल, २० भदौ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लव बुटवलको सम्पन्न दोस्रो अधिवेशनले बोनिन पियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । १५ सदस्यीय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दीपक अधिकारी, उपाध्यक्षमा नरेश श्रेष्ठ, महासचिवमा जीवन काफ्ले, कोषाध्यक्षमा बासु श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् । अधिवेशनको अवसर पारेर क्लवले आन्तरिक प्रतियोगिता समेत सञ्चालन गरेको थियो । क्लबमा

    लन टेनिसका खेलाडी तथा प्रशिक्षकलाई सम्मान

    बुटवल, १४ भदौ । लिटल एन्जल्स जुनियर लन टेनिस प्रतियोगितामा सहभागि भई उत्कृष्ट भएका क्लवका लन टेनिस बिद्यार्थी तथा खेल प्रशिक्षकलाई बुटवल लन टेनिस क्लवले सम्मान गरेको छ । बिहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि अखिल नेपाल लन टेनिस महासंघले सञ्चालन गरेको प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी तथा क्लवका प्रशिकक्षलाई क्लवले प्रशंसा पत्र सहित नगद पुरस्कारले

    विवादका कारण कवर्ड हल निमार्ण अन्यौलमा

    बुटवल, १९ असार । तिलोत्तमा नगरपालिकाले यस अगाडी गरेको निर्णय रोकेर नगरपालिका र हिमाल युथ क्वलको सहलगानीमा कवर्ड हल निर्माणको काम अगाडी बढाउने निर्णय हिमाल युथ क्लवले अस्वीकार गरेको छ । तिलोत्तमा नगरपालिकाको वडा नं. ६ पुरानो सडकमा सोही वडाको हिमाल युथ क्लवले नगरपालिकाकै स्वामित्वमा रहनेगरी कवर्ड हल सहितको बहुउपयोगी भवन बनाउन वडा कार्यालयमा निवेदन

    चम्किए रोनाल्डो, पोर्चुगल र स्पेनबीच ३-३ काे बराबरी

       २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा रोकिन बाध्य भएकाे छ । पोर्चुगलको  कप्तान समेत रहेका  क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । ह्याट्रिक पूरा गर्ने क्रममा उनले  खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत पहिलो गरे । यस्तै

    दोस्रो खेलमा उरूग्वेको संघर्षपूर्ण जीत

       असार १बुटवल/ रूसमा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ को दोस्रो खेलमा उरूग्वेले इजिप्टलाई १-० गोल  अन्तरले हराएको छ। उरूग्वेको जितमा खेलको ८९ मिनेटमा जोसे मारिया जिमिनेजले निर्णायक गोल गरे। खेलभरी निकै रक्षात्मक खेल पस्केको इजिप्टले कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेपछि हार व्यहोर्न बाध्य भयो। त्यसअघि उरूग्वेका लुइस सुअारेज र इडिसन काभानी गोल गर्ने केही राम्रा

    विश्वकप फुटबल:
    शुक्रबार बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै

    काठमाडौं । विश्वकप फुटबलमा शुक्रबार बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै छन् । समुह बी को खेलमा यी दुई टोलीले पहिलो खेल खेल्न लागेका हुन् । खेल शुक्रबार राति ११ः४५ बजे सुरु हुनेछ । अहिले व्यवस्थापनको हिसाबमा स्पेन केही समस्यामा रहेको देखिएको छ । स्पेनले प्रशिक्षक बर्खास्त गरेपछि भने व्यवस्थापकीय हिसाबमा स्पेन केही कमजोर बन्न पुगेको