बुटवलमा प्रिति प्रथम उपमेयर कप महिला फूटवल सुरु : आयाेजककाे विजयी सुरुवात

1.3K

बुटवलमा प्रिति प्रथम उपमेयर कप महिला फूटवल सुरु : आयाेजककाे विजयी सुरुवात

बुटवलमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता सुरु भएकाे छ । बिस पचहत्तर युवा परिवारकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले शनिबार उद्घाटन गर्नुभयाे ।
त्यस अवसरमा बाेल्दै उहाँले बुटवल खेलकुदकाे हवकाे रुपमा विकास हुँदै गएकाे बताउनु भयाे । उहाँले खेल पर्यटनकाे सम्भावनालाई मध्यनजर गरेर नगरपालिकाले खेलकुदका गतिविधि र खेलाडी उत्पादनको अभियानलाई जोड दिईएको बताउनु भयाे ।
आयाेजक बीस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा
अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी, रुपन्देही जिल्ला फूटवल संघका अध्यक्ष लोक पुन, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
प्रतियाेगिताकाे उद्घाटन खेलमा फराकिलाे गाेल अन्तरसहित आयाेजक प्रिति बीस पचहत्तर युवा परिवारले विजयी यात्रा सुरु गरेकाे छ । शनिबार भएको प्रतियाेगिताकाे उद्घाटन खेलमा आयोजकले नवलपरासी जिल्लालाई ५ शुन्य गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलकाे पहिलाे हाफमा २ शुन्यकाे अग्रता बनाएकाे आयाेजकका सामु नवलपरासी दवावमा थियाे । खेलकाे दाेस्राे हाफमा समेत आयाेजकले थप ३ गाेल गर्याे । नवलपरासी शुन्यमा सिमित भयाे ।
बुटवल उपमहानगरपालिकाकाे संरक्षकत्व तथा एशियन थाई फुडकाे मुख्य प्रायोजनमा सिद्धेश्वरी खेल मैदानमा भएकाे प्रतियाेगितामा विजेतालाई १ लाख रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई ५० हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने सचिव दीपक गुरुङले बताउनु भयाे ।
प्रतियाेगितामा आईतबार बिधान ट्रिनेटि युवा क्लब, वालिङ र बिरगंज युथ क्लबका बिचमा खेल हुने प्रतियाेगिताका संयोजक बुद्घिबहादुर दर्जीले बताउनु भयाे ।