फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक तथा कर्मचारीको अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन देशव्यापी बनेको छ । शिक्षा क्षेत्रमा थप लगानी र जीवनयापन सहज बनाउनुपर्ने मागसहित सुरु भएको प्रदर्शनमा विद्यार्थी, श्रमिक सङ्गठन र सरकारका नीतिप्रति असन्तुष्ट समूह सहभागी भएपछि आन्दोलनले उग्र रूप लिएको हो ।फ्रान्स सरकारका अनुसार प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिस...


















