बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि त्यसको आंशिक प्रभावले नेपालमा आज कात्तिक १२ गतेदेखि शनिबारसम्म वर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ । केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट...

















