बाढी प्रभावितका लागि इन्टलेक्च्युअल र सजिलो सहकारीको सहयोग

1.3K

बाढी प्रभावितका लागि इन्टलेक्च्युअल र सजिलो सहकारीको सहयोग

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बुटवलका दुई संस्थाले प्रधानमन्त्री राहत कोषमा २ लाख २ हजार २ सय २२ रुपैयाँ सहयोग गरेका छन् ।
बुटवल कालिकानगरस्थित इन्टलेक्च्युअल एकेडेमी र सजिलो बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
विपद्का कारण नागरिकको जनजीवन कठिन बन्दै गएको अवस्थामा राहत र पुनःस्थापनाका लागि राज्यसँगै निजी क्षेत्र, संघसंस्था तथा नागरिक समाजको समेत महत्वपूर्ण भूमिका रहने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका सजिलाे सहकारीका अध्यक्ष तथा इन्टलेक्च्युअल एकेडेमीका प्रवन्ध निर्देशक रामराज पाेख्रेलले बताए ।
उनका उनुसार दुबै संस्थाले समान १ लाख १ हजार १११ रुपैंया सहयाेग गरेका हुन् । सहयोग रकम सानो भएपनि विपद्मा परेका नागरिककाे राहत तथा पुनःस्थापनाको अभियानमा हातेमालो गरिएकाे उनले बताए ।