Wednesday 19th September 2018
  • New title for a=>html, img=>alt
  • विविध

    बिभिन्न ठाउँमा तीज मिलन कार्यक्रम

    बुटवल, २३ भदौ । हरितालिका तीजको अवसरमा बिभिन्न संघसंस्थाले तीज मिलन कार्यक्रम गरेका छन् । त्यसै अवसरमा पाल्पाको भैरवस्थनबाट आई अस्थायी वा स्थायी रुपमा रुपन्देहीमा बसोबास गर्ने व्यक्तिहरुको संस्था पाल्पा भैरवस्थान–रुपन्देहीले परिवारले पनि शनिबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै परिवारका संरक्षक मेघराज कंडेलले तीज पर्वले मिलालाई एकताको सुत्रमा बाधेजस्तै गरी भैरवस्थानबाट

    छोरालाई बिदेश जान रोक्न होटलमा लगानी

    बुटवल, २० साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा छोरालाई बिदेश जानबाट रोक्नकालागि एक बाबुले होटलमा लगानी गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ३ का मुकुन्द भण्डारी र सोही ठाउँका बिजय घिमिरेको संयुक्त लगानीयमा तिलोत्तमा नगरपालिका वडा नं. ३ मा ‘द ग्रिन लिफ रेष्टो’ खोलिएको हो । एक पटक बिदेश गई फर्केका घिमिरे र भण्डारीले आफ्ना

    रोटरी तिलोत्तमा रुपन्देहीमा पदस्थापन

    बुटवल, १५ साउन । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण गर्नुका साथै पदस्थापन गरिएको छ । सोमबार बुटवलमा कार्यक्रम गरि वर्ष २०१८/०१९ कालागि नव निर्वाचित ओमप्रकाश अर्यालको टिमलाई पद हस्तान्त्रण गरिएको हो । पद हस्तान्त्रण कार्यक्रममा बोल्दै रुपन्देहीको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले रोटरीले लिएको स्वार्थभन्दा माथि सेवाको भाव सबैभन्दा राम्रो पक्ष

    टायल मार्वल मजदुरलाई सदस्यता आह्वान

    बुटवल, १५ साउन । मार्वल तथा टायल श्रमिक संघ रुपन्देहीले त्यस व्यबसायमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले व्यबसायिक अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार योगिकुटीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले बजारमा ठेक्केदार र घरधनीका बिचमा देखिएको असमझदारी हटाउनकालागि ठेक्केदारहरुको बिचमा स्वच्छ प्रतिस्पर्धा अपरिहार्य रहेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका

    मोक्षधाममा शिवपुराण ज्ञानमहायज्ञ सुरु

    बुटवल, १२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनी स्थित मोक्षधाम सेवा आश्रममा शनिबारदेखि शिवपुराण ज्ञान महायज्ञ सुरु भएको छ । साउनको सुरुदेखि नै श्रावणी मेला सुरु भएको मोक्षधाम सेवा आश्रममा शनिबारदेखि शिवपुराणमा आधारित ज्ञान महायज्ञ सुरु भएको हो । महायज्ञको १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले औपचारिक शुभारम्भ गर्दै भौतिक सम्पत्तिले

    ५० हजार बालबालिकाको निःशुल्क नेत्र परिक्षण गरिने

    बुटवल, ९ साउन । लायन्स क्लव अफ बुटवलले ५० हजार बालबालिकाको निःशुल्क नेत्र परिक्षण गर्नुका साथै आवश्यक औषधी तथा चस्मा समेत निशुल्क वितरण गर्ने अभियान सुरु गरेको छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्र संचालित सरकारी तथा आवासीय विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई लक्षित गरि लायन्स क्लव अफ बुटवलले सामाजिक अभियान सुरु गरेको हो । उक्त अभियानको

    बुटवलको फूलबारीमा फोटो प्रदर्शनी शुरु

    बुटवल, ५ जेठ । बुटवलको फुलबारी तथा मणिमुकुन्द सेन पार्कमा प्रदेश स्तरीय फोटो प्रदर्शनी शनिबार देखी शुरु भएको छ । पाँच नम्बर प्रदेशलाई फोटोको माध्यामबाट देश विदेशमा चिनाउने गरी आयोजना गरिएको फोटो प्रदर्शनीमा प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक फोटा रहेका छन् । बुटवलको जितगढीदेखि बदिया राष्ट्रिय निकुञ्जको एकसिगे गौडासम्म गरि १५० फोटो राखिएको छ ।

    सामुदायिक बिद्यालयमा शौचालय निर्माण

    बुटवल, चैत । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले साताव्यापी बिबिध कार्यक्रम सहित क्लवको सातौं स्थापना दिवस मनाएको छ । क्लवले जिल्लाका बिभिन्न स्थानमा सामाजिक काम गर्दै स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा क्लवले सियारी गाउँपालिकामा रहेको सामुदायिक बिद्यालय दुर्गादेवी निमाविमा शौचालय निर्माण गरि बिद्यालयलाई हस्तान्तरण गर्नुका साथै देवदहको टटेरामा रहेको बौद्ध गुम्बा संरक्षणकालागि

    बृद्धाश्रमलाई दुहुनो गाई प्रदान

    बुटवल, ९ माघ । तिलोत्तमा नगरपालिका वडा नं. १ शिवचोक टोल बकास समितिले बुटवलको शिद्धबाबा दुर्गा भवानी बृद्धाश्रमलाई दुहुनो गाई प्रदान गरेको छ । बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई शुद्ध दुध खुवाउनकालागि टोल बिकास संस्थाले लैनो गाई प्रदान गरिएको शिवचोक टोल बिकास समितिका अध्यक्ष भेषराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो गाईले एकछाकमा ५ लिटर दुध

    मकर संक्रान्तीको अवशरमा रुरु धाम कालीगण्डकीमा श्रद्धालुको घुँईचो

    जनार्दन घिमिरे/ गुल्मी, १ माघ । गुल्मीको धार्मिक क्षेत्र रिडी स्थीत काली गण्डकीमा मकर संक्रान्तीको अवशरमा विगत वर्षहरु जस्तै यस पटक पनि दिनभर श्रद्धालुहरुको घुँईचो लागेको छ । मकर संक्रान्तिको दिन स्नान गर्नका लागि टाढाटाढादेखि हजारौं श्रद्धालु काली गण्डकीको किनारमा सोमवार बिहानैदेखि जम्मा भएका थिए । रुरु क्षेत्रधाम अन्र्तगत रिडी स्थीत काली गण्डकी नदिमा स्नान