रुपन्देहीमा सेफ सोसाइटी गठन

1.3K

रुपन्देहीमा सेफ सोसाइटी गठन

रुपन्देहीमा होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरू संगठित भएका छन् । बुटवलमा भएको भेलाले हिरा सोनीको अध्यक्षतामा रुपन्देही सेफ सोसाइटी गठन गरेको हो ।
सोसाइटीको उपाध्यक्षमा कृष्ण तिवारी, सचिवमा सन्दिप बयम्बु, सहसचिवमा यादव पराजुली र कोषाध्यक्षमा विष्णु कुँवर चयन भएका छन् । सदस्यमा राजेन्द्र घिमिरे, देउखर्क आचार्य, वीरबहादुर सिन्जाली, मनोज थापा र भोजराज सापकोटा छन् ।
कार्यक्रममा इन्टरनेशनल नेप्लिज सेफ सोसाइटीका महासचिव तथा वरिष्ठ सेफ अनिल कुँवरले नेपाली पाककला र खानालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सेफहरूको संगठनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले सेफहरू हस्पिटालिटी क्षेत्रका महत्वपूर्ण आधार भएको बताए । उनले सेफ सोसाइटीसँग सहकार्य गरेर रोजगारी, सीप विकास र पेशागत अवसर विस्तार गर्न सकिने बताए ।
नवनिर्वाचित अध्यक्ष हिरा सोनीसहित सहभागीहरूले गुणस्तरीय तथा स्वस्थकर खाना उत्पादनका लागि सेफको दक्षतासँगै किचनको सरसफाइ र खाद्य सुरक्षामा ध्यान दिनुपर्ने बताए ।
सोसाइटीले सेफहरूको पेशागत हकहित, सीप विकास, तालिम, रोजगारी तथा नेपाली मौलिक खानाको प्रवद्र्धनमा काम गर्ने जनाएको छ । कार्यक्रममा रुपन्देहीका विभिन्न होटल तथा रेष्टुरेन्टमा कार्यरत ६० भन्दा बढी सेफको सहभागिता थियो ।