यातायात व्यवस्था कार्यालयबाट ७ जना बिचौलिया प्रहरी नियन्त्रणमा

1.3K

यातायात व्यवस्था कार्यालयबाट ७ जना बिचौलिया प्रहरी नियन्त्रणमा

रुपन्देही प्रहरीले यातायात व्यवस्था कार्यालय बुटवलकाे परिसरबाट ७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. १३ स्थित यातायात व्यवस्था कार्यालय परिसरमा बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा पर्नेमा गुल्मीको मालिका गाउँपालिका-५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका-१३ का ४३ वर्षीय लक्ष्मी खनाल, सोही स्थानका ६२ वर्षीय खोमलाल भुषाल र ५८ वर्षीय क्रषिराम खनाल रहेका छन् ।
त्यस्तै शुद्धोधन गाउँपालिका-२ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका-१ का ५३ वर्षीय प्रेमध्वज श्रेष्ठ पनि नियन्त्रणमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको छ ।