शेरबहादुर देउवा नेतृत्वकाे नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा युवा नेता धनबहादुर रायमाझीले उम्मेद्वारी घाेषणा गरेका छन् । उनले पार्टीको यहि मंसिर २१, २२ र २३ गते हुने १५औँ नियमित महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
युवा नेता रायमाझी पाल्पा क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । पार्टी संगठनमा लामो समयदेखि सक्रिय उनी १२औँ महाधिवेशनमा क्षेत्रीय सचिव र १३औँ महाधिवेशनमा जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका थिए ।
पार्टी संगठनमा विभिन्न तहमा रहेर काम गरेका रायमाझीले यसपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेकाे बताए ।
नेपाली कांग्रेस देउवा पक्षको १५औँ नियमित महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुँदैछ ।