टीभीएसको मोटरसाइकल तथा स्कुटर एक्सचेन्जमा आकर्षक अफर

1.3K

टीभीएसको मोटरसाइकल तथा स्कुटर एक्सचेन्जमा आकर्षक अफर

टीभीएसले मोटरसाइकल तथा स्कुटरको खरिद तथा एक्सचेन्जलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ ।
बुटवलस्थित बालाजी अटोमोबाइलले मंसिर १ देखि १४ गतेसम्म बुटवलको इट्टाभट्टीस्थित एसियन पार्टी प्यालेसमा विशेष एक्सचेन्ज अफर सञ्चालन गर्ने भएको हो ।
योजनाअन्तर्गत ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएसका दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन् । कम्पनीले हरेक खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट, टीभीएस गोल्डेन की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने आकर्षक अफर सार्वजनिक गरेको छ ।
त्यस्तै, हरेक दिन लक्की ड्रमार्फत पुरस्कार, पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ, फुलफाइनान्स सुविधा, नागरिकता र लाइसेन्स भएका ग्राहकका लागि विशेष सुविधा, पुरानो सवारीसाधनको उच्चतम मूल्यांकन तथा निःशुल्क हेल्मेटको व्यवस्था गरिएको छ । बालाजी अटोमोबाइलका अनुसार ग्राहकले पुरानो सवारीसाधनको उचित मूल्यांकनसहित नयाँ टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।