राप्रपाका तीन नेताले दिए सामूहिक राजीनामा

1.3K

राप्रपाका तीन नेताले दिए सामूहिक राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन नेताले पार्टीको पद तथा साधारण सदस्यतासमेतबाट सामूहिक राजीनामा दिएका छन् ।
बुधबार जारी संयुक्त वक्तव्यमा उनीहरूले पार्टीको वर्तमान कार्यशैली, व्यक्तिकेन्द्रित राजनीति र संगठन सञ्चालनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन् ।
राजीनामा दिनेमा सहायक महामन्त्री हरि कृष्ण अधिकारी र कन्द्रीय सदस्यहरु माधवप्रसाद केसी र सरस्वती पन्थी भुसाल रहेका छन् ।
उनीहरूले राजसंस्थाको पुनर्स्थापना, हिन्दु राष्ट्रको पहिचान र संघीयता खारेजीजस्ता राजनीतिक एजेन्डाप्रतिको प्रतिबद्धता भने कायमै रहेको जनाएका छन् । पार्टीबाट अलग भए पनि वैकल्पिक राजनीतिक संस्कार, सुशासन र नागरिकमुखी राजनीतिका पक्षमा क्रियाशील रहने उनीहरूको भनाइ छ ।