हाटबजार व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा पुनः हुमाराम पोखरेल निर्वाचित भएका छन् । संघको सोमबार बुटवलमा सम्पन्न २०औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशनले पुनः पोखरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रविलाल पाण्डे र ङनुकान्त पोखरेललाई चयन गरिएको छ । त्यस्तै महासचिवमा जयन्त घर्ती, सचिवमा ईश्वरचन्द्र भट्टराई, सहसचिवमा भूपनारायण श्रेष्ठ र कोषाध्यक्षमा यादवकुमार वेलवासेलाई चयन गरिएको प्रमुख निर्वाचन आयुक्त कृष्ण चौहान क्षेत्रीले जानकारी दिए ।
२३ सदस्यीय कार्यसमितिको सदस्य पदमा कृषितर्फबाट नवराज पाण्डे, रामबहादुर सार्की, विष्णुमाया जिसी, कोपिला सापकोटा, रेखा रानालाई चयन गरिएको छ । त्यस्तैगरी रेडिमेट तर्फबाट कार्यसमिति सदस्यमा गुणनिधी पोखरेल, गोविन्द खनाल, चेतबहादुर घर्ती, किसन शर्मा, कस्मिर मिया र श्यामलाल खनाललाई चयन गरिएको छ ।
क्षेत्रगत शाखाबाट सैनामैनाबाट तुलसीराम शर्मा, तिलोत्तमाबाट गिरीराज पन्थी, देवदहबाट मणिराम भण्डारी, सियारी सुद्धोधनबाट शिवप्रसाद बानिया र कञ्चनबाट विकास पाण्डे पदेन सदस्य रहेका छन् ।