बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको फाईनलमा राईजिङ स्टार क्लब कपिलबस्तु र ट्रिनेटी युवा क्लब वालिङको भेट हुने भएको छ ।
बिहिबार भएको दोस्रो सेमिफाईनलमा ट्रिनेटीले एमएससी भारतलाई पाखा लगाउँदै फाईनलको यात्रा तय गरेको हो । यस गाडि पहिलो सेमिफाईनलमा राईजिङ स्टारले आयोजकलाई पाखा लगाउँदै उपाधिको दावेदारी प्रस्तुत गरेको थियो ।
बिस पचहत्तर युवा क्लवको आयोजना तथा बुटवल उपमहानगरपालिकाका संरक्षकत्वमा भएको प्रथम उपमेयर कप प्रतियोगितामा एसियन थाई फूडले मुख्य प्रायोजन गरेको छ । उपाधिका लागि फाईनल खेल शनिबार हुनेछ ।