पहिलो सेमिफाईनलमा संकटा फूटवल क्लवलाई पाखा लगाउँदै उपाधिको दावेदारी प्रस्तुत गरेको विभागीय एपिएफसंग फाईनलमा चर्च बोईज युनाईटेड भिड्ने भएको छ । बिहिबार भएको अन्तिम सेमिफाईलन खेलमा मछिन्द्रलाई पाखा लगाउँदै उपाधि दावेदारी प्रस्तुत गरेपछि फाईनलमा एपिएफ र चर्च बोईज आमनेसामने भएका हुन् ।
रुपन्देही जिल्ला फूटवल संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा भएको तिलोत्तमा गोल्ड कपको उपाधि विजेतालाई १२ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार सहित गोल्डकप तथा प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतामा समेटिने टिमलाई ६ लाख ६६ हजार ६६६ रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यस्तै विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र कोचलाई जनही ३१ हजार रुपैया सहित कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार प्रदान गरिने छ । त्यस्तै प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडिलाई पनि ११ हजार रुपैया नगद पुरस्कार प्रदान गरिँदै आएको छ ।
तिलोत्तमा गोल्ड कपको २३ औं श्रृङ्खलामा यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।