बुटवलमा महिला फुटबल प्रतियोगिताको तयारी

1.3K

बुटवलमा महिला फुटबल प्रतियोगिताको तयारी

बुटवलमा उपमेयर कप महिला फूटवल प्रतियोगिताको तयारी गरिएको छ । बिस पचहत्तर युवा परिवारको अयोजनामा प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको तयारी गरिएको हो ।
यहि चैतको २३ देखि ३० गतेसम्म सिद्देश्वरी खेल मैदानमा हुने प्रतियोगितामा आयोजक बिस पचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारत गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाका अनुसार उपाधि विजेतलाई १ लाख रुपैंया नगद पुरस्कार सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उपविजेतालाई ५० हजार नगद पुरस्कार सहित कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयासहित कप तथा उत्कृष्ट चार खेलाडिलाई जनही १० हजार रुपैंया नगद पुरस्कार सहित कप र प्रमाण पत्र प्रदान गरिने प्रयोगिताका संयोजक बुद्धिबहादुर दर्जीले बताउनु भयो । बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगितामा एसियन थाई फूडले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगिता सञ्चालनका लागि सिद्धेश्वरी लालकुमारी माबि खेलमैदानको मर्मत कार्यचलिरहेको र त्यसमा कम्तिमा ३ हजार क्षमताको अस्थायी प्याराफिट निर्माण भईरहेको बिस पचहत्तर युवा परिवारका सचिव गुरुङले बताउनु भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसीले फुटबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लोसमय महिला फुटबलको आर्कषण बढेको बताउँदै यो प्रतियोगिताले फूटवलमा महिला आकर्षणलाई अझै बढाउने विश्वास व्यक्त गर्नुभयो ।