खेलको सुरुवाती चरणमै रोषन डोङले रातो कार्ड पाएर १० खेलाडिमा सिमित भएको मछिन्द्र फूटवल क्लवलाई स्तब्ध पार्दै चर्च बोईज युनाईटेड तिलोत्तमा गोल्ड कप फूटवलको फाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको अन्तिम सेमिफाईनल खेलमा १ का विरुद्ध ४ गोल सहित चर्च बोईज फाईनलमा प्रवेश गरेको हो । उपाधि दाबेदारी पेश गरेको चर्च ब्याईजले शनिबार हुने फाईनलमा विभागीय एपिएफ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
बुटवलको देवीनगर स्थित एन्फा खेलमैदानमा भएको अन्तिम सेमिफाईनलमा खेलको पाँचौं मिनेटमै १० खेलाडिमा सिमित भएको थियो । गालका लागि बलसहित अगाडि बढेका चर्च बोईजका अरमान बिउडोनलाई मच्छिन्द्रका रोशन डोङले पछाडिबाट ट्याकल गरी डिबक्समा लडाएपछि उनले रातो कार्ड पाए ।
त्यसपछि १० खेलाडिमा समेटिएर दवावमा परेको मछिन्द्रमाथि चर्च बोईज लगातार हावी हुँदै गएको थियो ।
खेलको ३६ औ मिनेटमा चर्च ब्याईजका अरमान बिउडोनले गोल गर्दै खाता खोले । प्रवेश कुवरको क्रसमा अरमान बिउडोनले हेडमार्फत जाली चुमाए । खेलको ४२ औ मिनेटमा क्याप्टेन करिमा ओेमिलाजा नुरिनले चर्चका अरमान बिउडोनलाई डिबक्सभित्र लडाए । लगत्तै पाएको पेनाल्टीलाई अरमान बिउडोनले जाली चुमाए । खेलको ४४ औं मिनेटमा राज भुषालको क्रसलाई अरमानले जाली चुमाउदै आफनो ह्याट्रिक पुरा गरे । खेलको ६५ औ मिनेटमा राज भुषालको कर्नरलाई क्याप्टेन फकुने अबयोमीले डिबक्सभित्रबाट आकर्षक गोल गरे ।
खेलको ७० औ मिनेटमा मच्छिन्द्रका फोडा फोफानालाई चर्चका अजित चौधरीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई सदुपयोग गर्न सकेन । फोफानाको प्रहारलाई चर्चका गोलकिपर बिबस चौधरीले रोकिदिए । लगत्तै दुई मिनेटको फरकमा डिबक्सभित्र पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई मच्छिन्द्रले गुमायो । लक्ष्मण रुचालको पेनाल्टी प्रहार बारमा लागेर बाहिरियो । खेलको ८९ मिनेटमा वन भर्सेज वनमा मच्छिन्द्रका एलेक्स विलियमले चर्चका गोलकिपर अजित चौधरीलाई बिट गर्दै सान्त्वना गोल गरे । यद्यपी मछिन्द्रले पाएका थुप्रै अवसरमा गोलमा परिणत गर्न भने सकेन ।