Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • खेल

    भारत्तोलनका अन्तर्राष्ट्रिय च्याम्पियन रुप कार्की नेपाल आउंदै

    बुटवल, २३ जेठ । भारत्तोलनका अन्तर्राष्ट्रिय च्याम्पियन रुप कार्की एक विशेष कार्यशाला संचालनका लागि नेपाल आउनु हुने भएको छ । गैरआवासीय नेपालीको सहयोगमा भारत्तोलनका प्रशिक्षार्थीले आयोजना गर्ने भारत्तोलन सम्बन्धि विशेष प्रशिक्षण एवं कार्यशालामा सहभागी हुन कार्की जुन १३ तारिख (जेठ ३० गते) नेपाल आउदै हुनुहुन्छ । बाग्लुङ्ग जिल्लामा जन्मेर रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारी घर भै

    जिपी कोईराला स्मृति छात्रा भलिवलको उपाधी दीपलाई

    बुटवल, २० जेठ । जिपी कोईराला स्मृति प्रतिष्ठान बुटवलले आयोजना गरेको जिपी कोईरालाई स्मृति छात्रा भलिवल प्रतियोगिताको उपाधी दीप बोर्डिङ्ले चुमेको छ । बुटवलको कान्ति माबिको प्राङ्गणमा आईतबार सम्पन्न उक्त प्रतियोगितामा वडा नं. ८ का नरबहादुर रजालीको नेतृत्वमा आएको दीप बोडिङ् प्रथम भएको हो । त्यस्तै वडा नं. १ की लक्ष्मी श्रेष्ठको नेतृत्वमा आएको बुटवल

    आक्रमणको नयाँ रणनीति अपनाउँदै अर्जेन्टिना, विश्वकपमा सफल होलान् साम्पाओली ?

    काठमाडौं, २० जेठ – साविकको उपविजेता अर्जेन्टिनालाई रुस विश्वकपमा आफ्नो टीमका तर्फबाट विपक्षीको पोस्टमा आक्रमणको जिम्मा क–कसलाई दिने भन्ने निर्णय गर्न नै कठिन छ । त्यो पनि विकल्प नभएर होइन, धेरै भएर । यसपटक अर्जेन्टिना मात्र यस्तो टोली हो, जससँग अग्रपंक्तिमै खेलेर विश्वमा नाम चम्काइसकेका ४ स्टार खेलाडी छन् । अझ इटालीयन सिरीए सिजनका सर्वाधिक

    साविक विजेता सुनौलो संगमलाई फराकिलो अन्तरमा रोक्दै मनाङ मस्र्याङदी फाईनलमा

    बुटवल, १७ चैत । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फूटवल प्रतियोगितामा साविक विजेता सुनौलो संगमलाई फराकिलो अन्तरमा रोक्दै मनाङ मस्र्याङदी क्लवले फाईनलको यात्रा सुनिश्चित गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश पाँच समितिले आयोजना गरेको प्रतियोगिता अन्तरगत शनिबार भएको पहिलो सेमिफाईनल खेलमा ५ गोल गरेको मनाङ मस्र्याङदीले साविक विजेता सुनौलो संगमलाई शुन्यमा रोकिदिएको

    हिमालयनलाई पाखा लगाउँदै थ्रि स्टार सेमिफाईनलमा

    बुटवल, चैैत ।  बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फूटवल प्रतियोगितामा थ्री स्टार क्लबले सेमिफाईनलको यात्रा तय गरेको छ । बुटवलको रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा बुधबार मलेसियाको हिमालयन फूटवल क्लवसंग भएको प्रतिस्पर्धामा १ का विरुद्ध दुई गोल गर्दै थ्रि स्टारले सेमिफाईनलको यात्रा तय गरेको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरी भएपनि खेलको

    तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फूटवल:
    नविनको ह्याट्रिकसंगै एपिएफ क्वाटरफाईनलमा

    बुटवल । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फूटवल प्रतियोगिता अन्तरगत आईतबारको प्रतिस्पर्धामा नविन लामाको ह्याट्रिक संगै एपिएफ क्वाटर फाईनलमा प्रवेश गरेको छ । झापा–११ संग भएको प्रतिस्पर्धामा एपिएफका खेलाडी लामाको तीन सहित एपिएफ चार दुई गोल अन्तरले क्वाटर फाईनलको यात्रा तय गरेको हो । पहिलो हाफको सुरुवातीमै पाँचौ मिनेटमा कर्ण लिम्बुको गोलसंगै झापा–११ को अग्रतालाई

    पुलिसका क्याप्टेन रविनको आत्मघाती गोल, तिलोत्तमा गोल्ड कपको उपाधी थ्रि स्टारलाई

    बुटवल, ३ फागुन । २० औं तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिताको उपाधी थ्रि स्टार फूटवल क्लवले चुमेको छ । शनिबार बुटवलको देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा विभागीय नेपाल पुलिस क्लवसंगको फाईनल प्रतिस्पर्धामा २ शुन्य गोल अन्तरले थ्रि स्टारले उपाधी चुमेको हो । प्रतियोगिताको ६६ औं मिनेटमा नेपाल पुलिस क्लवका क्याप्टेन रविन श्रेष्ठको आत्मघाती

    तिलोत्तमा गोल्डकपको फाईनल आज, विभागीय पुलिस क्लवसंग थ्रिस्टार भिड्दै

    बुटवल, ३ चैत । २० औं तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिताको फाईनल प्रतिस्पर्धा आज हुँदैछ । फाईनल प्रतिस्पर्धामा पहिलो सेमिफाईलनमा आयोजक रुपन्देही ११ लाई हराएको विभागीय टिम नेपाल पुलिस क्लव र अन्तिम सेमिफाईनलमा मनाङ मस्र्याङदीलाई हराएको थ्रि स्टार क्लव भिड्दैछन् । यस अगाडी ४ पटक तिलोत्तमा गोल्ड कपको उपाधी चुमेको नेपाल पुलिस क्वलसंग फाईनल प्रतिस्पर्धामा

    आयोजक लाली रुपन्देही सेमीफाईनलमा

    बुटवल, २६ फागुन/बुटवलमा जारी तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आयोजक लाली रुपन्देही–११ सेमीफाईनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा एकेडेमीमा भएको शनिबारको निक्कै रोमाञ्चक क्वाटरफाईनल खेलमा नवलपरासी –११ लाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै रुपन्देही सेमीफाईनलमा स्थान पक्का गरेको हो । रुपन्देहीका अशोक थापाले खेलको २३ औ मिनेटमा थापाले नवलपरासीका डिफेन्सलाई छक्याउदै आर्कषक गोल गरेका

    बिपी कप क्रिकेटको उपाधी आयोजकलाई

    बुटवल, फागुन । नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखि क्याम्पसले आयोजना गरेको प्रथम बिपी कप क्रिकेट प्रतियोगिताको उपाधी आयोजक बुटवल बहुमुखी क्याम्पसका बिद्यार्थीले जितेका छन् । २९ टिम सहभागि रहेको प्रतियोगितामा लुम्बिनी बाणिज्य क्याम्पसको टिम उपविजेता भएको छ । प्रतियोगितामा विजेतालाई ३० हजार रुपैंया तथा उपविजेतालाई २० हजार नगद तथा उपाधी सहित मेडल र प्रमाण पत्र