सहिद यादवनाथ आलोकको स्मृतिमा रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको फूटशल प्रतियोगितामा चारवटा वडा सेमिफाईनलमा प्रवेश गरेका छन् । सहिद यादवनाथ आलोक स्मृति केन्द्र र नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा भएको तेस्रो फूटशल प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका वडा नं. २, ३, ४ र ५ नं. वडाका टिम सेमिफाईनलमा प्रवेश गरेका हुन् ।
बिहिबार नै भएको क्वाटर फाईनल खेलमा वडा नं. १४ लाई हराउँदै वडा नं. २, वडा नं. ११ लाई हराउँदै वडा नं. ३, वडा नं. १५ लाई हराउँदै वडा नं. ४ र वडा नं. १३ लाई हराउँदै वडा नं. ५ सेमिफाईलनमा प्रवेश गरेको प्रतियोगिताका संयोजक तथा नेपाल तरुण दल तिलोत्तमाका कार्यवाहक अध्यक्ष होम पौडेलले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिका वडा नं. ७ सनराईज स्पोर्सट (फूटशल कोर्ट)मा शुक्रबार हुने पहिलो सेमिफाईनलमा ५ र २ तथा अन्तिम सेमिफाईनलमा वडा नं. ३ र ४ भिड्ने छन् । प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए । फाईनल प्रतिस्पर्धा पनि शुक्रबार नै हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई १५ हजार रुपैया नगद पुरस्कार सहत शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृट खेलाडि, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षक ३ जना खेलाडिलाई जनही १ हजार ५ सय रुपैया नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनु भयो ।