खेलकुद पत्रकार मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन : खेलाडी र प्रशिक्षकलाई सम्मान

1.3K

खेलकुद पत्रकार मञ्च रुपन्देहीमा नयाँ नेतृत्व चयन : खेलाडी र प्रशिक्षकलाई सम्मान

नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीमा नयाँ कार्यसमिति चयन गरिएको छ । बुधवार बुटवलमा सम्पन्न भेलाले पुनः सुमन अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजना गरिएको जिल्ला भेलामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नुको साथै पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान गरिएको हो ।
समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल रहनु भएको छ । त्यस्तै कार्यसमिति सदस्यमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारीलाई चयन गरिएको निर्वाचन समितिका सदस्य नेपाल पत्रकार महांघ रुपन्देहीका सल्लाहाकार खिमानन्द भट्टराईले जानकारी गराउनु भयो ।
कार्यक्रममा मञ्चले खेलकुद क्षेत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन तथा महिला भलिवलका प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरेको थियो । त्यस्तै खेल पत्रकार मनोरञ्जन शर्मालाई २५ हजार नगद सहयोग प्रदान गरिएको मञ्चका अध्यक्ष सुमन अधिकारीले जानकारी गराउनु भयो ।

कार्यक्रम नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पहिलो गोल किपर मोतीकला गुरुङले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले मोफसलको खेलकुद गतिविधिलाई खेल पत्रकारिताका माध्यमबाट अगाडी बढाउन आग्रह गर्नु भयो ।

उहाले सो अवसरमा विधागत रुपमा खेल पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्व उपाध्यक्ष हरिप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, सम्मानित नेपाली क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले खेलकुद पत्रकारिता विकासका लागि खेल गतिविधिहरु नियमित हुनु पर्ने र त्यसमा खेल पत्रकारले सकारात्मक भूमिका खेल्न आग्रह गर्नु भयो ।