लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड बराबरको बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत रहने अनुमान गरिएको आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बताउनु भयाे ।
बजेटकाे पूर्ण पाठ
नेपालको संविधानको धारा २०७ बमोजिम लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले यस गरिमामय प्रदेश सभामा आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय व्ययको बिवरण प्रस्तुत गर्न उपस्थित भएको छु।लुम्बिनी प्रदेश सरकारले हालसम्म हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको पाइलातर्फ अग्रसर हुने उद्देश्यका साथ आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम यस सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु।
- यस अवसरमानेपाली जनताले पटक-पटक गर्दै आएका क्रान्ति, सशस्त्र विद्रोह र जनआन्दोलन लगायत सबै प्रकारका आन्दोलनका त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै देश र जनताका निम्ति जीवन उत्सर्ग गर्ने अमर शहिदहरुप्रति उच्च श्रद्धाकासाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। संघर्षको दौरानमा घाइते, अपाङ्ग, शहिद परिवार, बेपत्ता नागरिक र तिनका परिवारप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
- सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाटलुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउनेतर्फ प्रस्तुत बजेट लक्षित हुनेछ ।
- नेपालको संविधान, सोह्रौँ आवधिक योजना, दिगो विकासका लक्ष्य एवम्अन्तर्राष्ट्रिय प्रतिबद्धता, संघीय सरकारको नीति तथा कार्यक्रम,लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको अवधारणापत्र, दश वर्षे दीर्घकालीन रणनीतिक योजना, प्रदेशको मध्यमकालीन खर्च संरचना (एम.टी.इ.एफ),प्रदेश विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम तथा प्रदेश सभाका माननीय सदस्य एवम् सरोकारवालाबाट प्राप्त सुझावलाई मनन् गर्दै आर्थिक वर्ष 208१/8२ को बजेट तर्जुमा गरेको छु।
माननीय सभामुख महोदय
- मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोह्र वर्ष पूरा भएको छ भने संघीयताको अभ्यास शुरु भएसँगै हामी लुम्बिनी प्रदेश स्थापनाको आठौँ वर्षमा प्रवेश गर्दैछौं । यस अवधिमा प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रमा हासिल भएका मुख्य उपलव्धि प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
- आर्थिक वर्ष २०७५/७६ मा रू.५ खर्ब ४० अर्ब रहेको कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षमा रु ७ खर्ब ७८ अर्ब हुने अनुमान छ। प्रति व्यक्ति आय अमेरिकी डलर ८०३ बाट बढेर ११२६ पुगेको छ ।
- आर्थिक वर्ष २०७५/७६ मा बहुआयामिक गरिबीको दर ३० प्रतिशत रहेकोमा हाल १८ प्रतिशतमा झरेको छ । बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर ८ प्रतिशत पुगेको छ । ५ वर्षमुनिका बालमृत्युदर प्रतिहजार४५ रहेकोमा हाल३३ र नवजात शिशुमृत्युदर प्रतिहजार३०रहेकोमा हाल२१मा सीमित भएको छ।
- माध्यमिक तह (कक्षा ९-१२) को कुल भर्नादर ७५ प्रतिशतबाट बढेर ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको छ। प्रदेश ऐन बमोजिमलुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भईसञ्चालन भइरहेको छ।
- बाह्रै महिना सिंचित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको छ। लुम्बिनी प्रदेश माछामासु र दुध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्तिभइरहेको छ। कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको छ ।
- २०७५ सालमा सडकको लम्बाई ११ हजार २३३ कि.मी. रहेकोमा हाल १५ हजार ७६ पुगेको छ। ३० मिनेटको दुरीमा पक्की सडकमा पहुँच भएको जनसंख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको छ भने १०९ मध्ये १०८ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको छ।
- विद्युतमा पहुँच पुगेको जनसंख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको छ भने इन्टरनेटमा पहुँच भएको घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगेको छ।
- पछिल्ला ६ आर्थिक वर्षहरुको बजेट विनियोजन हेर्दा पुँजीगततर्फ विनियोजन भएको बजेट औसतमा ६० प्रतिशत भन्दा बढी रहेको छ भने पुँजीगततर्फ बिनियोजितरकम ७० प्रतिशत भन्दा बढी खर्च भएको छ। यसरी हेर्दा बजेट विनियोजन र खर्चमा प्रदेश सरकारले पुँजीगततर्फ प्राथमिकता दिइरहेको देखिन्छ।
- योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै गैरहेको छ भनेमहिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकासलगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको छ। त्यसैगरी केही दिगो विकास लक्ष्यका सूचकहरुमा उपलब्धि हासिल भएका छन्।
- आर्थिक वर्ष २०८१/८२ मा संघीयताको सुदृढीकरण सँगै योजनाबद्ध विकासलाई अझै सान्दर्भिक बनाउन अधुरा आयोजना कार्यान्वयनलाई प्राथमिकता दिने, प्रदेश र स्थानीय योजनाबीच सामञ्जस्यता कायम गर्न स्थानीय तहलाई सहजीकरण गर्ने, योजना तर्जुमा तथा कार्यान्वयनमा तहगत सरकारबीच समन्वय र सहकार्य गर्ने, अन्तरसरकार सूचना एवम् सञ्जालको निर्माण गर्ने, प्रदेश आयोजना बैंक स्थापना गरी योजना तर्जुमा प्रक्रियालाई व्यवस्थित गर्ने, प्रदेश तथ्याङ्ग बैंक स्थापना गरी अभिलेखीकरण गर्ने, अन्तरसरकार र अन्तरनिकाय समन्वय प्रभावकारी बनाइनेछ।
माननीय सभामुख महोदय,
अब म प्रदेशको विद्यमान आर्थिक स्थिति र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सङ्क्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु।
- चालु आर्थिक वर्ष 20८०/८१ को प्रदेशको कुल गार्हस्थ्य उत्पादनरू.८ खर्ब १४अर्बरहनेअनुमान छ।मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान 14.३ प्रतिशत रहने अनुमान छ। प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको २९.६ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्विदर ४.0५ प्रतिशत हुने अनुमान रहेको छ।
- चालु आर्थिक वर्षको जेठ ३१ गते सम्ममा प्रदेश सञ्चितकोषमा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान वापत रू. ६ अर्ब३ करोड ८७ लाख, सशर्त अनुदान वापत रू.४अर्ब६१ करोड ७९ लाख, विशेष अनुदान वापत रू.५४ करोड २५ लाख, समपूरक अनुदान वापत रू.६४ करोड ७५ लाख प्राप्त भएको छ। संघीय सरकारबाट प्राप्त हुने राजस्व बाडँफाँटबाट रू.7अर्ब६२करोड ९१ लाख, रोयल्टी बाडँफाँटबाटरू. १९ करोड, स्थानीय तह राजस्व बाडँफाँटबाटरू.9२करोड ६२ लाख र प्रदेश सरकारको आन्तरिक राजस्वसङ्कलन र अनुदान फिर्ताबाट रू.3अर्ब१८ करोड ९४ लाख जम्मा भएको छ । गत आर्थिक वर्षबाट बचत भई सञ्चितकोषमा मौज्दात रहेको रू.२अर्ब५१ करोड ८९ लाख समेत गरी प्रदेश सञ्चित कोषमा कूल रू.२६अर्ब३० करोड५ लाख प्राप्त भएको छ।
- चालु आर्थिक वर्षको जेठ ३१ गतेसम्म खर्चतर्फ स्थानीय तह वित्तीय हस्तान्तरण रू.२अर्ब९४ लाख, पुँजीगत खर्च रू.11 अर्ब३5 करोड १४ लाख र चालू खर्च रू.५अर्ब७६करोड 8९ लाख गरी जम्मा रू.१९अर्ब1२ करोड ९८ लाख खर्च भई रू.७अर्ब१७करोड ६ लाख प्रदेश सञ्चितकोषमा बाँकी रहेको छ।सो मध्ये प्रदेश सरकार र समानीकरण अनुदान स्रोततर्फ रु ४ अर्ब ४८ करोड ४५ लाख र खर्च नभएमा फिर्ता गर्नुपर्ने संघीय सरकारबाट प्राप्त अनुदानहरुमा रू. २ अर्व ६८ करोड ६१ लाख बाँकी रहेको छ। कुल विनियोजनको 4७.२६ प्रतिशत खर्च भएको व्यहोरा सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु।
- चालु आर्थिक वर्षकोमन्त्रालयगत दोस्रो चौमासिकसम्मकोप्रगति विवरण तथामुख्य आर्थिक, सामाजिक एवं पूर्वाधारसँग सम्बन्धित परिसूचक र तथ्याङ्क समावेश भएको लुम्बिनी प्रदेशकोआर्थिक सर्वेक्षण सम्मानित सभासमक्ष पेश गरिसकेको छु।
माननीय सभामुख महोदय¸
- चालु आर्थिक वर्ष प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने प्रमुख क्षेत्रहरुको वृद्धिदर गत आर्थिक वर्षको तुलनामा सकारात्मक हुदै गएको छ। राष्ट्रियरुपमै आर्थिक क्रियाकलापहरु अपेक्षाकृत रुपमा चलायमान हुँदै जाँदा यसको सकारात्मक असर यस प्रदेशको अर्थतन्त्रमा समेत देखिन थालेको छ।प्रदेश सरकारको आयको प्रमुख स्रोतको रुपमा रहेकोसंघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटको रकम, प्रदेश सरकारको आन्तरिक आय तथा प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने राजस्व लक्ष्य बमोजिम संकलन नहुनुले समग्र आयमा प्रभाव पारेको देखिन्छ।
- पुँजीगत खर्चलक्ष्य अनुरुपहुननसकिरहेकोअवस्थामा स्रोत साधनको समुचित परिचालनमार्फत सार्वजनिक खर्चलाई उपलब्धिमूलक र नतिजामुखी बनाई समावेशी, उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु रहेको छ।
- नेपाल सरकारकोआर्थिक वर्ष20८१/8२को वित्तनीतिबाट कराधार विस्तार एवं दरमा समसामयिक वृद्धि भएकाले आगामी आर्थिक वर्षमा राजस्वसङ्कलनमा सकारात्मक प्रभाव पर्ने अनुमान छ।विप्रेषण आप्रवाहमा वृद्धि, मुद्रास्फिति नियन्त्रण उन्मुख र बैंकिङ्क प्रणालीमा तरलता प्रवाहका कारण औषत आधारदर क्रमश: घट्दै कर्जाको ब्याजदर कम हुने क्रममा रहेको छ। निजी लगानीमासुधार हुँदै गएकोले आगामी दिनमा थप अवसर सिर्जना हुने आशा लिएको छु।
माननीय सभामुख महोदय,
- माथि उल्लिखित चुनौती र अवसरलाई मनन गर्दै सरकारी,निजी, सहकारी र विकास साझेदारकोसहकार्यमा लगानी विस्तार गरी उत्पादन,उत्पादकत्व र रोजगारीका अवसर बढाईआर्थिक तथा सामाजिक पूर्वाधार विस्तार मार्फत उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिएको छु। ×समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश”को सपना साकार पार्न आगामी आर्थिक वर्ष 208१/८२कोबजेटका उद्देश्य देहायबमोजिम रहेका छन्:
- प्रदेशको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै उच्च, दिगोएवम्फराकिलो आर्थिक वृद्धि सहितको आर्थिक स्थायित्व कायम गर्दै आर्थिक विकासमा जोड दिने,
- गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामासहज पहुँच मार्फत मानव विकासमा जोड दिने,
- भौतिक पूर्वाधारको परिमाण र गुणस्तरअभिवृद्धि गर्दै समृद्धिका सम्भाव्यक्षेत्रहरु पहिचानगर्ने,
- स्थानीय श्रम,सीपर उद्यमशिलताप्रवर्द्धन गर्दै व्यावसायिक कृषि,स्वरोजगारमूलकउद्योग र प्रतिस्पर्धात्मकव्यापारको विकासबाट आत्मनिर्भरतातर्फ उन्मुखगराउने,
- पर्यटन क्षेत्रको प्रवर्द्धनगरी प्रदेशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने,
- सन्तुलित विकासको अवधारणाका आधारमा ग्रामीण क्षेत्रको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै क्षेत्रीय असन्तुलन घटाउने।
- नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक,राज्यका निर्देशक सिद्धान्त र नीति, प्रदेश सरकारको नीति र दीर्घकालीन सोचको कार्यान्वयन गर्न प्रस्तावित बजेटमा देहायका प्राथमिकता निर्धारण गरेको छु:
- सुशासन, सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय र मानव विकास,
- गुणस्तरीय र दिगो भौतिक पूर्वाधारको सन्तुलित विकास र पर्यटन प्रवर्द्धन,
- अनुसन्धानमूलक उच्च शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा,
- कृषिको व्यावसायीकरण, सीप विकास तथा रोजगारी सिर्जना,
- नवप्रवर्तन,उद्यमशिलता र औद्योगिक उत्पादकत्वमा वृद्धि।
माननीय सभामुख महोदय,
आगामी आर्थिक वर्षको बजेटले लिएका उद्देश्य हासिल गर्न देहायबमोजिम सुधार प्रस्ताव गरेको छु:
- आगामी वर्षदेखि बजेट तथा कार्यक्रम सभामा पेश गर्नुभन्दा कम्तिमा एक महिना अगाबैविनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गर्ने व्यवस्था मिलाइनेछ। यसबाट विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा पर्याप्त छलफल भई माननीय सदस्यबाट प्राप्त सुझावका आधारमा यथार्थपरक बजेट तर्जुमा गर्न सघाउ पुग्ने विश्वास लिएको छु ।
- बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउन आगामी आर्थिक वर्षबाटसाउन मसान्तभित्र नै कार्यक्रम कार्यान्वयन कार्ययोजना स्वीकृत गरी सो कार्ययोजनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,आर्थिक मामिला तथा योजनामन्त्रालय,प्रदेश योजना आयोग र सम्बन्धित मन्त्रालय लगायतका निकायबाट नियमित रूपमा अनुगमन गरिनेछ। स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने मन्त्रालय वा निकायले पुसमसान्तसम्म आवश्यक कार्यविधि,निर्देशिका र मापदण्डतयार गरी लागु गर्ने व्यवस्था मिलाइनेछ।
- वित्तीय अनुशासन कायम गर्नस्रोतव्यवस्थापनमा देखिएका समस्या समाधान गरी स्रोत सहमति माग गर्ने र स्वीकृत गर्ने विद्यमान प्रणालीमा सुधारगरिनेछ।
- दोहोरो कार्यक्षेत्र भएका,समान प्रकृतिकाकार्यक्षेत्र रहेका र आवश्यक नदेखिएका निकायलाई एक आपसमा गाभिनेछ। संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा कार्यप्रकृति, कार्यबोझ,विद्यमान स्रोत साधन र औचित्यको आधारमा मात्र दरवन्दी स्वीकृत गरिनेछ।
- स्रोतमा परेको चापलाई दृष्टिगत गरी प्रदेश सरकारको स्रोतबाट सञ्चालन हुने तालिम, गोष्ठी, सेमिनार जस्ता कार्यक्रमहरू सरकारी वा सार्वजनिक निकायमा रहेका सभाहल वा तालिम केन्द्रमा सञ्चालन गर्न प्राथमिकता दिइनेछ।
माननीय सभामुख महोदय,
अब म आगामी आर्थिक वर्षको बजेटका मुख्य-मुख्य क्षेत्रगत कार्यक्रम र व्यय अनुमानका विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
- “किसानकोहात:प्रदेशको साथ”कोनारालाईआत्मसातगर्दैप्रदेशभित्रकासबैजिल्लाहरुमाबालीएवंवस्तुविशेषसघनव्यावसायिकउत्पादनक्षेत्रविकासकार्यक्रमकालागिबालीरपशुपन्छीतर्फगरीजम्मारू.१०करोड७२लाखविनियोजनगरेकोछु।
- कृषिको प्रमुख आधारको रुपमा रहेको सिंचाइलाई प्राथमिकता दिई साना सिंचाइ आयोजना मार्फत थप २५० हेक्टर सिंचित क्षेत्र विस्तार गर्दै विभिन्न जिल्लामा निर्माण भएका सिंचाइ आयोजनाको कमाण्ड क्षेत्रमा थप १५०० हेक्टरमा वाली सघनता वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि रू. ६ करोड १६ लाख विनियोजन गरेको छु।
- “स्वस्थजीवनकोआधार:माटोमा सुधार”नाराकासाथमाटोमाप्राङ्गारिकपदार्थवृद्धिगरीदिगोउर्वराशक्तिकायमराख्नमाटोव्यवस्थापनकार्यक्रमलाईथपप्रभावकारीबनाउनदीर्घकालीनकार्ययोजनाकार्यान्वयनमाल्याइनेछ।प्राङ्गारिक खेतीको प्रवर्द्धन गर्न प्राङ्गारिक जिल्ला घोषणा भएको रुकुम (पूर्वी भाग)मा प्राङ्गारिक उत्पादन, प्रमाणीकरण, बजारीकरण तथा क्षमता विकास गर्दै प्राङ्गारिक कृषि उत्पादनका लागि सम्भावित अन्य क्षेत्रहरुको पहिचान गरिनेछ।
- सम्भाव्य स्थानमा व्यावसायिक तरकारी, फलफूल, उँखु, मौरी, पुष्प, च्याउ, कफी लगायतका उच्च मूल्यका बाली/वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ। त्यसैगरी व्यावसायिक बाख्रा, वंगुर, भैँसी पालनलाई प्रवर्द्धन गर्दै कृषि/पशुपन्छी विकास कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि रू. ७ करोड विनियोजन गरेको छु।
- कृषकले उत्पादन गरेको बाली/वस्तुमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छु।साथै दुग्धजन्य पदार्थ निर्यात प्रवर्द्धन गर्नका लागि आवश्यक व्यवस्था मिलाएको छु। सोका लागि रू. ६ करोड १० लाख विनियोजन गरेको छु।
- प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनका कारण हुने विपदबाट प्रभावित कृषकहरुको व्यवसायलाई पुनःस्थापना गर्नका लागि वस्तुगत सहायता उपलब्ध गराउनुका साथै बाली/वस्तुमा आकस्मिक रुपमा देखापर्ने रोग किराबाट संरक्षण गर्न आवश्यक व्यवस्था मिलाएको छु।यसका लागि रू. १ करोड १३ लाख बजेट व्यवस्था गरेको छु।
- प्रविधि हस्तान्तरण तथा बाली/वस्तुमा देखिने प्राविधिक समस्या समाधान गर्न नेपाल सरकार र स्थानीय तहसँगको समन्वयमा नियमित रुपमा प्राविधिक सेवा उपलब्ध गराउन प्रविधि प्रदर्शन, कृषक प्राविधिक भेटघाट, कृषक तालिम लगायतका कार्यक्रम सञ्चालन गरिनेछ। यसैगरी स्थानीय तहमा २५० जना प्राविधिक परिचालन कार्यलाई निरन्तरता दिएको छु।यसका लागि रू. १२ करोड ४० लाख बजेट व्यवस्था मिलाएको छु।
- पशुपन्छीमा लाग्ने विभिन्न संक्रामक रोग नियन्त्रण गर्न ४५ लाख डोज खोप उपलब्ध गराइनेछ साथै पशु उपचार सेवा तथा प्रयोगशाला सेवालाई विस्तार गरिनेछ। गुल्मी र अर्घाखाँची जिल्लालाई खोरेत रोगमुक्त बनाउने अभियान सञ्चालन गरिनेछ साथै अन्य जिल्लाहरुलाई पनि खोरेत रोगमुक्त बनाउँदै लगिनेछ। यसका लागि रू. ३ करोड ३० लाख छुट्टाएको छु।
- पशुपन्छीमा देखा पर्ने रोग तथा दुधालु पशुमा बाँझोपन निवारणका लागि खोप तथा शिविर मार्फत आधारभूत औषधी निःशुल्क रूपमा उपलब्ध गराइनेछ।पशुमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न ४० हजार निःशुल्क सहित एक लाख पशुमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराइनेछ। सोका लागि रू. ३ करोड ८१ लाख बजेट व्यवस्था गरेको छु।
- कृषि क्षेत्रमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्नसीमान्तकृत, मुक्त कमैया/कम्लहरी, भूमिहीन विपन्न घरपरिवार लक्षित आयआर्जन तथा स्वरोजगारमूलक लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि रू. ५ करोड ५४ लाख बजेट विनियोजन गरेको छु।
- नेपाल सरकार तथा स्थानीय तहको समन्वयमा प्रदेशभित्रका स्थानीय तहमा कृषकको पहिचान र वर्गीकरणका लागि आवश्यक व्यवस्था मिलाएको छु।
- उन्नत बीउ तथा नश्लमा कृषकको पहुँच वृद्धि गर्न गुणस्तरीय बीउ, बिरुवा, नश्ल तथा मत्स्य भुरा उत्पादनका लागि स्रोत केन्द्रलाई प्रोत्साहन गर्न बीउ आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ। साथै संभाव्य स्थानहरुमा सरकारी स्रोत केन्द्रहरुको स्थापना तथा जग्गा प्राप्ती गरिनेछ। यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
- भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि जग्गाको नापजाँच गर्न र जग्गाधनी दर्ता स्रेष्ता तथा पूर्जा तयारीका अभिलेख व्यवस्थापन गर्न प्रदेशभित्र रहेका मालपोत/नापी कार्यालयहरुका लागि आवश्यक रकम व्यवस्था गरेको छु।
- माछाको उत्पादकत्व वृद्धि तथा उत्पादन लागत कम गर्न प्राविधिक सेवा, उत्पादन सामग्री, औषधी तथा यान्त्रिकीकरणलाई प्रोत्साहन गरिनेछ। नयाँ पोखरी निर्माण, प्लाष्टिक पोखरी निर्माण, पुरानो पोखरी सुधारका लागि आवश्यक रकम विनियोजन गरेको छु। माछा पोखरी, शीत भण्डार सञ्चालनमा प्रयोग हुने विद्युत महसुलमा सहुलियत दिन आवश्यक रकम विनियोजन गरेको छु।
- लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापनको क्रममा यस राजधानी परिसरमा रहेको श्री राप्ती प्राविधिक शिक्षालयलाई श्री सरस्वती मा.वि.मा स्थानान्तरण गराँउदा सरस्वती मा.वि. को कागति खेतीमा हुन गएको नोक्सानी बापत क्षतिपूर्तिका लागि आवश्यक रकमको व्यवस्था गरेको छु ।
माननीय सभामुख महोदय,
- नसर्ने रोगको बढ्दो प्रकोपलाई कम गर्न “मेरो स्वास्थ्य:मेरो जिम्मेवारी”अभियानकासाथस्वस्थकर जीवनशैली प्रवर्द्धन तथा भान्सा सुधार कार्यक्रम समेत सञ्चालन गर्दै नागरिक आरोग्य कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका साथै ४० वर्ष माथिका नागरिकको निःशुल्क मधुमेह, रक्तचाप र मृगौलाको परीक्षण, किशोर तथा किशोरीको रक्तअल्पता पहिचान कार्यक्रमसञ्चालन गरिनेछ। यसकालागिरू. ४ करोड ४५ लाखविनियोजनगरेकोछु।
- मानसिक स्वास्थ्यका समस्या पहिचान एवम् रोकथामका लागि समुदायस्तरमा योग, ध्यान तथा मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन र उपचारको लागि स्वास्थ्य संस्थाको क्षमता विकास गरिनेछ।८० वर्ष पुगेका जेष्ठ नागरिक तथा अति अशक्त (क) र (ख) वर्गलाई स्थानीय तहसँगको सहकार्यमा घरमै स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक रकम विनियोजन गरेको छु।
- आमा बन्दा कसैले ज्यान गुमाउन नपरोस भनी उच्च मातृ तथा नवजात शिशु मृत्युदरलाई कम गर्नस्थानीय तहसँगको समन्वयमा “पूर्ण सुरक्षित मातृत्व सेवा” अभियानसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ।जोखिमपूर्ण अवस्थाका गर्भवती महिलालाई अर्को सुबिधा सम्पन्न अस्पतालमा प्रेषण गर्न निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइने र दुर्गम क्षेत्रमा निःशुल्क हवाई उद्दार गरिने व्यवस्था गरेको छु। यसका लागि आवश्यक रकमछुट्याएको छु।
- प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एम.आर.आइ. सेवा बिस्तारको लागि रू. १५ करोड बिनियोजन गरेको छु । साथै राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा मातृशिशु सेवा युनिट निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
- नवजात शिशुको रूग्णता र मृत्युदर घटाउन बर्दिया,कपिलबस्तु, प्यूठान, भीम, राप्ती प्रादेशिक र लुम्बिनी प्रादेशिक अस्पतालमा नवजात शिशु सघन उपचार इकाई(एन.आइ.सि.यु. र एस.एन.सि.यु.) को सुदृढीकरण गरिनेछ।
- मृगौला प्रत्यारोपण, मुटुको भल्भ र क्यान्सर रोगको उपचारमा सहुलियत कार्यक्रमलाई निरन्तरता दिनुका साथै विपन्न नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य रोगको उपचार सहायतालाई निरन्तरता दिन रु ५ करोड ५० लाख विनियोजन गरेको छु ।
- प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवाको विस्तार गरिनेछ । पहाडी तथा दुर्गम स्थानका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन चिकित्सकहरुलाई प्रोत्साहन गरिनेछ । ५० शैय्यामा स्तरोन्नति भएको अर्घाखाँची अस्पतालकोबहुवर्षीय भवन रप्यूठानको स्वास्थ्य कार्यालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुका साथैकपिलवस्तुको शिवराज नगरपालिकामा निर्माणाधीन लुम्बिनी प्रदेशस्तरीय सुविधा सम्पन्न सरूवा रोग अस्पतालको भवन निर्माण निरन्तरताको लागि आवश्यक व्यवस्था मिलाएको छु।
- प्रेषण प्रणालीमा आधारित एम्बुलेन्स सेवा प्रदान गर्न हालका एम्बुलेन्समा जि.पि.एस. जडान गरी एकीकृत सेवा सञ्चालन गरिनेछ।
- लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालबाट उपलब्ध ईमरजेन्सी सेवाको निःशुल्क टिकट ब्यवस्थालाइ निरन्तरता दिएको छु। प्रदेशका सबै सरकारी अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थामार्फत निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउन शोधभर्नाका लागि समेत आवश्यक रकम विनियोजन गरेको छु।
- स्वास्थ्य प्रणालीको आधार तहमा रही आमा र बालबालिकाको स्वास्थ्य सेवामा खटिनु भएका महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको योगदानलाई कदर गर्दै ६० बर्ष उमेर हद म्यादका कारण अवकाश हुने भएमा जनहीरू.५० हजार सहित सम्मानजनक बिदाई कार्यक्रमलाई निरन्तरता दिएको छु।
- प्रदेश राजधानीमा सुविधा सम्पन्न अस्पतालको पूर्ण संरचना नबन्दासम्म लालमटिया स्वास्थ्य चौकीको परिसरभित्र भालुवाङ अस्पताल आकस्मिक स्वास्थ्य सेवासहितको बिशेषज्ञ सेवा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
- जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल, थालसेमिया र हेमोफिलिया रोगको सचेतना र स्क्रिनिङ्गको उचित प्रबन्ध गरी यस्ता बिरामीहरुको स्वास्थ्य बिमा गराई उपचारमा सहज पहुँच सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गरेको छु।
- मृगौला रोगीलाई उपचारको व्यवस्था मिलाउन कपिलवस्तु, प्यूठान, पृथ्वीचन्द्र, रामपुर,गुल्मी, बर्दिया र राप्ती प्रादेशिक अस्पतालमा डाइलाइसिस सेवालाई निरन्तरता दिई इरिथ्रोपोइटिन औषधिमा सहुलियत उपलब्ध गराइनेछ । साथै आँखाको नानीको समस्याका कारण दृष्टि गुमाएकालाई प्रदेश भित्रका आँखा अस्पतालहरुबाट नानी प्रत्यारोपण सेवा निःशुल्क प्रदान गर्नरकम विनियोजन गरेको छु।
- अत्यावश्यक आयुर्वेद औषधी निःशुल्क वितरणको लागि प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा जि.एम.पि. स्टाण्डर्ड प्रादेशिक आयुर्वेद औषधी उत्पादन केन्द्र सञ्चालनमा ल्याइनेछ।आयुर्वेद तथा वैकल्पिक चिकित्सामा नागरिकको पहुँच वृद्धि गर्न प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवललाई विशेषज्ञ चिकित्सालयको रूपमा स्तरोन्नतिका साथै प्रदेशका आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा पञ्चकर्म सेवा विस्तार गर्नरकम विनियोजन गरेको छु।
माननीय सभामुख महोदय,
- “शैक्षिकपूर्वाधारमासुधार: गुणस्तरीयशिक्षाकोआधार”कोमान्यता बमोजिमसामुदायिक विद्यालय तथाक्याम्पसकोभौतिकतथाप्राविधिकपूर्वाधारविकासकालागिरु१ अर्व १० करोडविनियोजनगरेकोछु।
- प्रदेश गौरवको आयोजनाका रुपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको सञ्चालन, व्यवस्थापन, गुणस्तर र प्रभावकारिता विस्तार गर्नरू. ९ करोडछुट्याएको छु।
- युवालाईस्वरोजगारतर्फ उन्मुख बनाउनका लागि“केही गरौँ र सिकौँ” भन्ने मान्यता बमोजिम लुम्बिनी प्रदेशस्तरीय “बहुआयमिक अनुसन्धान केन्द्र” स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ।
- लक्षित वर्गका विद्यार्थीका लागि दिँदै आएको उच्च शिक्षामा छात्रवृत्ति र छात्राको विज्ञान शिक्षाका लागि दिँदै आएको विज्ञान शिक्षा छात्रवृत्तिलाई निरन्तरता दिएको छु।प्रदेशस्तरमा अनुसन्धानर विकास सम्बन्धी गतिविधिलाई बढाउन रुपन्देहीको सियारीमा विज्ञान संग्रहालयको निर्माणका लागि बजेट विनियोजन गरेको छु।
- युवाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन “पढौँ, सिकौँ र उद्यमी बनौँ” भन्ने मान्यता सहित युवा उद्यमशिलताको लागिनवप्रवर्तनमा जोड दिइनेछ।
- गुरुकुल,मदरसालगायतका विद्यालयको पूर्वाधार विकास, विशेष शिक्षा र अटिजम लक्षित स्रोतकक्षा सञ्चालन, स्रोत शिक्षकहरुका लागि तालिम र विद्यार्थीहरुको सहयोगको लागि रु १२ करोड विनियोजन गरेको छु ।
- युवाहरुमा स्वयंमसेवी भावनाको विकास गरी सभ्य समाजको निर्माणमा योगदान गर्न र युवालाई काम र रोजगारीको क्षेत्रमा प्रवेश गराउन मुख्यमन्त्री स्वयंमसेवक कार्यक्रमलाई निरन्तरता दिएको छु।
- “सीपयुक्तयुवा: समयकोआवश्यकता”कोमान्यतालाई आत्मसात गर्दैऔद्योगिकप्रशिक्षार्थी, पूर्व सिकाईको पहिचान परीक्षण र प्रमाणीकरण, युवा तथा विद्यार्थीका वृत्तिमार्गदर्शन, विद्यालय सुधार योजना, रोजगार मेला लगायतका कार्यक्रमहरु कार्यान्वयनमा लागत साझेदारीका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
- “विज्ञानमालगानी: समुन्नतिकोथालनी”भन्नेसपनालाईसाकारपार्नविशेषअनुदानतर्फप्रदेशका१२ठूलाविद्यालयहरुमाविज्ञानशिक्षाविकासकालागिपुर्वाधार विकास कार्यक्रममा रु१६ करोड ३७ लाख विनियोजन गरेको छु।
- राप्ति प्राविधिक शिक्षालयको भौतिक पुर्वाधार निर्माणका लागिरू. ७ करोड र श्री माध्यमिक विद्यालय मौरिघाटलाई समयसापेक्ष वृहत्तर विद्यालय विकासका लागि रू.४ करोड विशेष अनुदानको व्यवस्था मिलाइएको छ।
- युवाहरुमासकारात्मकभावनाजगाउन रखेलसीपविकास गर्न खेलपूर्वाधारको निर्माण रविभिन्नप्रतियोगितात्मककार्यक्रमसञ्चालनकालागि २३ करोडबजेटविनियोजनगरेकोछु।
- युवाहरुलाई तालिम तथा प्रशिक्षणका माध्यमबाट रोजगारीकाअवसरहरु सिर्जना गर्न युथ करियर काउन्सिलिङकार्यक्रम सञ्चालन गरिनेछ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रका कार्यक्रम सञ्चालन गर्न रू.१ अर्ब ९६ करोड ५३ लाख विनियोजन गरेको छु।
माननीय सभामुख महोदय,
- प्रदेशलाई बाल, लैङ्गिक,अपाङ्ग तथा ज्येष्ठनागरिकमैत्री प्रदेशको रुपमा विकास गर्दै स्थानीयतहसँगको साझेदारीमाविभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- आमा बन्नु पर्दा रोजगारी छोड्नुपर्ने अवस्था हुननदिन औद्योगिक क्षेत्रमा कामगर्ने कामदारहरुका शिशुको हेरचाहको लागि बुटवल, लुम्बिनी, घोराही र नेपालगंजमा श्रमिक लक्षित सार्वजनिक शिशुस्याहार केन्द्रको सम्भाव्यता अध्ययन गरी निर्माण गरिनेछ।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्तिको विकास, संरक्षण र परिचालनमा नीतिगत सुझाव र सहयोग गर्नका लागि प्रदेशस्तरीय संयन्त्रनिर्माण र कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
- “लुम्बिनीका महिला: आत्मनिर्भरतामा पहिला” नारासहित महिला उद्यमशिलता बढाउन आवश्यक बजेट विनियोजन गरेको छु ।
- लैङ्गिक हिंसामुक्त प्रदेश निर्माणको अवधारणालाई निरन्तरता दिन लैंगिक हिंसा रोकथाम तथा नियन्त्रणमा पुरुष सहभागिता सम्बन्धी रणनीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
- सन् २०३० सम्म लुम्बिनी प्रदेशमा बालविवाह अन्त्य गर्ने लक्ष्यका साथस्थानीय तहसँगको सहकार्यमा प्रदेश सरकारको दश वर्षे रणनीति कार्यान्वयन गर्दै बालश्रम मुक्त, बालबालिका विरुद्धको हिंसा र बेचबिखनलाई न्यूनीकरण गर्न विभिन्न सचेतानामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाईपुस्तान्तरणगर्नेकार्यक्रम सञ्चालन गर्न बजेटको ब्यवस्था गरेको छु ।
- महिला, एकल महिला, दलित महिला, आदिवासी जनजाती महिला, बादी महिला समूह, बालबालिका,अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अति बिपन्न नागरिकको आत्मरक्षा र आयआर्जनका लागि विभिन्न सचेतना र क्षमता विकास कार्यक्रम गर्ने ब्यवस्था मिलाएको छु।
- बालमैत्री स्थानीय तह घोषणाको लागि साझेदारी कार्यक्रम,बालसंरक्षण गृह व्यवस्थापन कार्यक्रम तथासार्वजनिक निजी साझेदारीमा सञ्चालित १२ जिल्लाका सेवा केन्द्र (सेफ हाउस) एवम् बाँके र रुपन्देहीमा रहेका पुनर्स्थापना केन्द्र सञ्चालनलाई निरन्तरता दिएको छु।
- सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माणको लागि सञ्चालनमा रहेका मानवसेवा आश्रमलाई आवश्यक सहयोगको व्यवस्था मिलाएको छु।
माननीय सभामुख महोदय,
- उद्योग तथा वाणिज्य फर्म दर्ता, नविकरण, खारेजी लगायतका विषयलाई विद्युत्तीय माध्यमबाट सम्पादन गर्न आवश्यक पर्ने विद्युत्तीय प्रणालीको विकास गरिनेछ।“उद्योगतथावाणिज्यफर्मदर्तातथानविकरणबर्ष”अभियानलाईसफलबनाउनवार्षिकनवीकरणहुन नसकेका त्यस्ता फर्महरुले नविकरण शुल्क र जरिवानाकोपाँच प्रतिशत रकम बुझाएमा एक पटकका लागि नविकरण हुनसक्ने र नयाँ उद्योग तथा व्यवसायिक फर्महरु दर्तामा लाग्दै आएको शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरेको छु।
- बजारको माग अनुरुप तथा प्रदेशको जिल्लागत उत्पादन सम्भावनाका आधारमा स्लेट ढुङ्गा, अल्लो, कम्बल, हातेकागज, बेतबास, पटेर, गुड, कफि तथा छालाजन्य वस्तुहरुको उत्पादन तथा प्रशोधन गर्न सीप विकास तालिम तथा प्रविधि हस्तान्तरणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
- लघु, घरेलु तथा साना उद्यमीलाई उद्यम सञ्चालन तथा विस्तारमा आवश्यक पुँजी परिचालनमा सहयोग पुर्याउन निजहरुले लिएको ऋणमा लाग्ने ब्याज अनुदान दिने व्यवस्थालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छु ।
- बिजनेस इन्कुबेसन सेन्टरको स्थापनामार्फत स्टार्टप व्यवसायलाई प्रवर्द्धन गर्न आवश्यक रकम विनियोजन गरेको छु।
- विप्रेषणबाटप्राप्त हुने आयलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्न वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई तीनै तहका सरकारसँगको साझेदारीमा सहभागितामूलक उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमको प्रबन्ध गरेको छु।
- प्रदेश भित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउन नियमित बजार अनुगमन गर्ने व्यवस्था मिलाएको छु। बजारमा हुने गैरखाद्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्न खाद्य सुरक्षा स्वच्छता सम्बन्धी उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।प्रदेशको हिमाली जिल्ला रुकुम (पूर्वी भाग)मा सुपथ मूल्य पसललाई दिईँदै आएको अनुदानलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छु।
- संघीय सरकारको समन्वयमा बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पूर्ण रुपमा सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाईनेछ। माननीय सभामुख महोदय,
रोल्पाको रुण्टिगढी (होलेरी), पाल्पाको ख्याहा, दाङ्ग देउखुरीको देवीकोट, अर्घाखाँचीको नरपानी र नवलपरासी (ब.सु.प.) को महलपोखरी क्षेत्रलाई पर्यटन प्रवर्द्धन गर्न हिल स्टेशनको रुपमा विकास गर्न आवश्यक रकम विनियोजन गरेको छु।
- प्रदेश भित्रका महत्वपूर्ण धार्मिक सम्पदाहरुको विद्युतीय अभिलेख राख्न तथा संघीय सरकारको सहकार्यमा सांस्कृतिक मेला महोत्सव, चाडपर्व लगायतका अभौतिक सम्पदाहरुको अभिलेखीकरण गर्न आवश्यक रकम विनियोजन गरेको छु।
- “घुम्न जाऔँ बर्दिया” कार्यक्रम सञ्चालन तथा बर्दियाको ठाकुरद्वारालाई सांस्कृतिक र पर्या-पर्यटन केन्द्रको रुपमा विकास गर्न रकम विनियोजन गरेको छु ।
- स्थानीय तहसमेतको समन्वय र सहकार्यमा प्राचीन स्मारक तथा पुरात्तात्विक एवम् साँस्कृतिक सम्पदा, पर्यटकीय स्थलको संरक्षण, प्रवर्द्धन र अभिलेखीकरण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न रकम व्यवस्था गरेको छु। प्यूठानको स्वर्गद्वारी, गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको सुपा देउराली, दाङको पाण्डवेश्वर, बाँकेको बागेश्वरी र बर्फानी बाबाधाम लगायतका प्रदेशका महत्वपूर्ण धार्मिक स्थलहरुको संरक्षण र प्रवर्द्धन गरिनेछ।
- पर्या-पर्यटन प्रवर्द्धनका लागि “पर्यटनसँगवनकार्यक्रम”सञ्चालनगर्नेगरीरकमको व्यवस्था गरेको छु।
- “लुम्बिनी-ढोरपाटन-दुनै-जुम्लाखलङ्गा-रारा-काँक्रेविहार-कोहलपुर-लुम्बिनी” जोड्ने गरी पर्यटकीय मार्ग बुद्ध परिपथ र त्रिवेणी-देवघाट-रुरुधाम-मुक्तिनाथ-दामोदरकुण्ड समेटिएको धार्मिक मार्गको लागि अन्तरप्रदेश समन्वय गरी सम्भाव्यता अध्ययनको कार्य अघि बढाइनेछ।
- कालिगण्डकी नदीको शालिग्रामको महिमा दर्शाउन रुरुक्षेत्रमा स्थानीय तहको सहकार्यà¤