सहकारी अपचलनको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश सदर भएको छ । सर्बोच्च अदालतले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई उच्च अदालत बुटवल इजलासको गरेको थुनामा पठाउने आदेश सदर गरेको हो ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा रहनुपर्नेछ । जिल्ला अदालतले सफाई दिएमा मात्रै उहाँ थुनामुक्त हुनुहुनेछ ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा जिल्ला अदालतको आदेश उल्ट्याएर उच्च अदालतको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको थियो । रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर
सहकारी अपचलनको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश सदर भएको छ । सर्बोच्च अदालतले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई उच्च अदालत बुटवल इजलासको गरेको थुनामा पठाउने आदेश सदर गरेको हो ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा रहनुपर्नेछ । जिल्ला अदालतले सफाई दिएमा मात्रै उहाँ थुनामुक्त हुनुहुनेछ ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा जिल्ला अदालतको आदेश उल्ट्याएर उच्च अदालतको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको थियो ।
आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुका साथै उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराउनु भएको थियो ।