यो वर्ष अफ सिजनमै दुधको उत्पादन बढी भएको छ । नेपाल दुग्ध विकास संस्थान लुम्बिनी वितरण केन्द्रका निमित्त आयोजना प्रमुख कृष्णप्रसाद अर्यालका अनुसार उत्पादन अनुसार बजार माग नहुँदा कन्भर्सनका लागि बाहिर पठाउनु परेको छ ।
दुध उत्पादनका हिसावले बैशाख, जेठ, असार, साउन र भदौ महिनालाई अफ सिजनको रुपमा लिईनछ । यो समयमा दुधको उत्पादन कम हुने उहाँले बताउनु भयो । तर यो वर्ष समयमै पानी पर्दा गाई भैसीलाई हरियो घाँसपात खुवाउन पाईयो र व्यवसायिक उत्पादन समेत बढेकाले दुधको उत्पादन बढी भएको हुन सक्ने उहाँले बताउनु भयो ।
नेपाल दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजनामा यहि बैशाख महिनामा दैनिक सरदर ७ हजार लिटर दुध संकलन भएको छ भने ४ हजार ५ सय लिटर दुध स्थानीय बजारमा खपत भएको छ । उहाँका अनुसार दैनिक सरदर २ हजार ५ सय लिटर दुध कन्भर्सनका लागि हेटौंडा पडाउनु परेको छ ।
अंघिल्लो वर्षको बैशाख महिनामा दैनिक सरदर २ हजार ५ सय लिटर दुध संकलन भएको थियो । स्थानीय बजार माग अनुसारको दुध पु¥याउनका लागि नेपाल दुग्ध विकास संस्थानको विराटनगर, बालाजु, हेटौंडा आयोजनाबाट ल्याउनु परेको थियो । लुम्बिनी वितरण केन्द्रको कभर एरियामा दैनिक सरसर ४ हजार ५ सय लिटर दुधको माग छ । खपत भन्दा बढी दुधको सहायक उत्पादन (घ्यू, पनिर, मखन, दही, चिज, लगायत)मा पनि जोड दिईएको निमित्त आयोजना प्रमुख अर्याल बताउनु हुन्छ ।
उहाँका अनुसार यो वर्षदेखि लुम्बिनी दुग्ध विकास आयोजनामा काठमाण्डौ उपत्यका बाहिर बुटवलमा स्वास्थ्य वर्दक ‘प्रोबायोटिक दही’ उत्पादन सुरु गरिएको छ । भने गर्मी समयलाई लक्षित गरी ३ सय एम.एल.को मोही उत्पादन गरिएकोमा शुक्रबारदेखि एक लिटरको बोटलमा मोही उत्पादन शुरु गरिएको पनि उहाँले जानकारी गराउनु भयो ।
डिडिसीको लुम्बिनी वितरण आयोजनाले उपभोक्तालाई लक्षित गरी विशेष अफर सहित खुल्ला घ्यूको अवधारणा अगाडि बढाएको छ । आफ्नै भाँडोमा खरिद गर्ने उपभोक्ताको लागि एक लिटरको ९५० रुपैंयामा विक्रि वितरण गरिने छ । सोही घ्यूलाई पाउँचमा १ हजार १५० र बट्टामा १ हजार २ सय रुपैंयामा विक्रि वितरण गरिरहेको पनि उहाँले जानकारी गराउनु भयो ।

लुम्बिनी दुग्ध वितरण आयोजना मातहत नवलपरासी पूर्वको प्रगतिनगर, नवलपरासी पश्चिमको सुनवल, बासा, रुपन्देहीको मणिग्राम, अमुवा, कपिलबस्तुको चन्द्राटा र गुल्मीको बलेटक्सारमा चिस्यानकेन्द्र रहेका छन् । त्यस्तै रुपन्देही सहित कपिलबस्तु, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, पाल्पा र गुल्मीबाट दुध संकलन गर्दै आएको छ । गुल्मीको रुरुसम्म रहेको डिडिसीको बजारलाई अहिले तम्घाससम्म विस्तार गरिएको र अर्घाखाँचीमा बजार विस्तारको तयारी भईरहेको उहाँले जानकारी गराउनु भयो
दुधको उत्पादन बढी हुने सिजनमा (असोजदेखि चैत महिनासम्म) दैनिक १५ हजार लिटर दुध संकलन हुँदै आएको छ भने खपत ५ हजार लिटर रहेको उहाँले बताउनु भयो । यो सिजनमा खपत भएको भन्दा बढी १० हजार लिटर दुधलाई कन्भर्सन गरी पाउडर तथा मखन उत्पादन गर्ने गरिएको छ । दुधलाई कन्भर्सन गरी उत्पादन गरिएको पाउडर डेढ वर्षसम्म र मख्खन १ वर्ष सम्म निश्चित तापक्रममा राख्न सकिन्छ ।
त्यस बाहेक पनि आयोजनाले विक्रि वितरणका लागि स्याङजा, पोखरा, दमौली, मुग्लिन, नारायणगढसम्म साप्ताहिक रुपमा गाडि पठाउँदै आएको र अब यसलाई दुध सहित दैनिक पठाउने तयारी भईहरको र पोखरामा अझै व्यवस्थित गर्ने योजना रहेको पनि उहाँले बताउनु भयो ।