इन्टलेक्च्युअल एकेडेमी बुटवलमा शुक्रबार निर्वाचन सप्पन्न भएको छ । विद्यार्थीहरुले इन्टलेक्च्युअल बाल क्लब गठन गर्ने प्रयोजनका लागि नमुना निर्वाचन गरि नेतुत्व चुनेका छन ।समुहले प्यानल बनाएर गरिएको निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचीव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट र सदस्यहरु समानुपातिक निर्वाचन प्रणालीबाट चुनेका थिए ।शिक्षकहरुको सहजीकरणमा विद्यार्थीहरुकै तर्फबाट मतदान अघिकृत सहितका कर्मचारी र सुरक्षाकर्मिको समेत ब्यबस्था गरि निर्वाचन प्रक्रिया सप्पन्न गरेका थिए । निर्वाचनबाट अध्यक्ष सिमरन बस्याल, उपाध्यक्ष आयुस थापा, सचिव बिपिसा पौडेल र कोषाध्यक्ष नवीन खत्री तथा सदस्यहरुमा श्रेय गैर, एन्जल हिताङ ए, एन्जल हिताङ बि, वर्षा मगर, प्रीन्स कार्की, सिजन थापा, निर्जल क्षेत्री, आशिष् नेपाली, अभिषेक पेमी, परिधी पान्डे र प्रसम्शा लाकौल निर्बाचित भएका छन । निर्बाचितहरुलाई प्रमुख मतदान अधिकृत दिवस भन्डारीले गोपनियताको सफत दिलाएका थिए भने निर्वाचित हुनेहरुलाई स्कुलका प्रबन्ध निर्देशक रामराज पोख्रेलले टीका र खादाले सम्मान गरि बधाई तथा शुभकामना दिनुभएको थियो ।निर्वाचनमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियोे । विद्यार्थीहरुलाई निर्वाचन प्रणाली र प्रक्रियाको ब्यबहारिक ज्ञान दिने उदेश्यले यो कार्यक्रम गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख सुबास भन्डारीले जानकारी दिनुभएको थियो ।