अटीजम सम्वन्धी अन्तक्र्रिया तथा सम्मान

1.3K

अटीजम सम्वन्धी अन्तक्र्रिया तथा सम्मान

समर्पण बाल गृह बुटवलले शनिबार अटीजम सम्वन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समपर्ण बालगृहले अटिजम सम्वन्धी विद्यालय सञ्चालन गरी समाजमा योगदान पुर्याएको भन्दै यसका लागि नगरपालिका सधैदव सहयोगी भूमिकामा रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बेलायतमा अटिजम स्कुल सञ्चालन गरिरहेका नरेन्द्र कंडेलले यस विद्यालयलाई आफुले आर्थिक, नैतिक, शैक्षिक लगायतको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै दुई लाख नगद सहयोग प्रदान गर्नुभयाे । सो अवसरमा कंडेललाई विद्यालयको तर्फबाट विशिष्ट सल्लाहकारमा मनोनयन गरि सम्मान गरिएको थियो । कार्यक्रममा चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले महिलाहरुको नेतृत्वमा सञ्चालित यस गृहले अटिजम भएका बालवालिकाहरुलाई समाजमा घुलमिल तथा समायोजन गराउनमा उल्लेख्य योगदान पुर्याएको बताउनु भयाे । कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पि का गर्भनर बालाराम भट्टराई, सरस्वती ढुंगाना लगायतले भनाई राख्नुभएकाे थियाे ।
उक्त बालगृहमा अटिजम सम्वन्धी समस्या भएका ५० जना बालबालिका अध्ययनरत छन् । कार्यक्रम बाल गृहका अध्यक्ष डा. शान्त शर्माको अध्यक्षता, प्रिन्सीपल मन्जु श्रेष्ठको स्वागत र उपाध्यक्ष पुष्पा कंडेलको सञ्चालनमा भएको थियो ।