क्याननका राजेश पौडेल कक्षा १२ काे परीक्षामा सर्वाेत्कृष्ट

1.3K

क्याननका राजेश पौडेल कक्षा १२ काे परीक्षामा सर्वाेत्कृष्ट

बुटवलको क्यानन सेकेन्डरी स्कुलका राजेश पाैडेलले कक्षा १२ को परीक्षामा सर्वाेत्कृष्ट अंक हासिल गरेका छन् । कक्षा १२ काे परीक्षामा विज्ञान संकायतर्फ राजेशले ३.९६ जीपीए प्राप्त गर्दै नेपालमै प्रथम भएकाे विद्यालयले दावी गरेकाे छ ।
त्यस विषयमा जानकारी गराउन विद्यालयले बुधबार पत्रकार सम्मेलन गरेकाे थियाे । त्यसै अवसरमा सर्वाेत्कृष्ट नम्बरसहित कक्षा १२ पास गरेका राजेशलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै राजेशले अबको लक्ष्य नेपालमै कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने रहेकाे बताए । विद्यालयका प्राचार्य शंकर भण्डारीका अनुसार तयश विद्यालयबाट विज्ञान र व्यवस्थापन संकायमा गरी १९९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। त्यसमध्य विज्ञान संकायतर्फका २९ जना सबै उत्तीर्ण भएका छन् भने व्यवस्थापनतर्फ ८० प्रतिशत उत्तीर्ण दर रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले सन् २०५३ सालमा स्थापना भएको क्यानन स्कुलले पढ्दै कमाउँदै गर्ने शिक्षा मार्फत व्यवहारिकता जोड्दै आएको बताउनु भयाे ।