बुटवलमा एक महिने “स्वस्थ्य मुख महाअभियान” सञ्चालन गरिएको छ । सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल रहेका विभिन्न संघसंस्थाको आयोजनामा सञ्चालन गरिएको महाअभियानकाे बुधबार लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपालका डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले शुभारम्भ गर्नुभएकाे हाे ।
साे अवसरमा डिस्ट्रिक्ट गभर्नर भट्टराईले सामाजिक क्रियाककलाप गर्दै आईएका क्लबहरूले मुख स्वास्थ्यलाई प्राथमिकता दिएकाे बताउनु भयाे ।
कार्यक्रममा मुख स्वास्थ्य अभियान्ता एवं आधुनिक समाज डेन्टल केयर प्रा लि, बुटवलका अध्यक्ष अमृत भुसालले मुख स्वास्थ्यको महत्वसहितको सचेतना जगाउन र मुख राेगमा कमि ल्याउन स्वास्थ्य मुख महाअभियान शुरु गरिएको जानकारी गराउनु भयाे ।
आधुनिक समाज डेन्टल केयरको प्राविधिक सहयोग एवम् लायन्स क्लव अफ रुपन्देही, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउन्डेशनको संयुक्त आयोजनामा भएको महाअभियान आज भदौ ४ गतेदेखी असाेज ५ गतेसम्म सञ्चालन हुने लायन्स क्लव अफ रुपन्देहीका अध्यक्ष घनश्याम घिमिरेले जानकारी दिनुभयाे ।
महाअभियान अन्तर्गत पहिलो चरणको १ महिनाको अवधिमा करिव २० हजार जनाकाे नि:शुल्क मुख स्वास्थ्य परिक्षणसँगै मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइने रोटरी क्लव अफ लुम्बिनी स्टार्सका चार्टर्ड प्रेसिडेन्ट यादव भण्डारीले बताउनु भयाे ।
बुटवल पुष्पलाल पार्क स्थित आधुनिक समाज डेन्टल केयर प्रा लि मा सञ्चालन हुने महाअभियानमा दैनिक १० जना चिकित्सकहरूबाट नि:शुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइने अभियानकर्ता अमृत भुषालले जानकारी दिनुभयाे ।