विश्व बन्धुत्व दिवस तथा राजयाेगिनी दादी प्रकाशमणीकाे १८ औं स्मृति दिवसकाे अवसरमा भदौ ६ गतेदेखि ९ गतेसम्म ‘बिशाल रक्तदान महादान अभियान’ सञ्चालन हुने भएको छ ।
ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय नेपाल क्षेत्रीय कार्यालय बुटवलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि बिशाल रक्तदान महादान अभियान बारे जानकारी गराएको हो ।
रक्तदान गर्दा आफू पनि स्वस्थ भइने र अरूको ज्यान पनि बच्ने भएकोले रक्तदान महाअभियान सञ्चालन गर्न लागिएको ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय नेपाल, क्षेत्रीय कार्यालय बुटवलकि ब्रम्हाकुमारी कमलाले जानकारी दिनुभयाे ।
नेपाल र भारतमा समेत गरि एक लाख युनिट रगत संकलन गर्ने लक्षसहित अभियान सञ्चालन गर्न लागिएको ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय नेपाल, क्षेत्रीय कार्यालय बुटवलका ब्रम्हाकुमार नारायणले बताउनु भयाे ।
उहाँका अनुसार महाअभियान अन्तर्गत बुटवल र आसपासका जिल्लाहरूबाट मात्रै पाँच हजार युनिट रगत संकलन गर्ने लक्ष्य रहेको छ ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चाैहान क्षेत्री, नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रूपन्देहीका मन्त्री टेकबहादुर थापालगायतले रक्तदानकाे महत्वबारे प्रकाश पार्नुभएकाे थियाे ।
ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय, समाज सेवा प्रभागकाे आयोजनामा सञ्चालन हुने महाअभियान अन्तर्गत बुटवलको ब्रम्हाकुमारी विश्व विद्यालय नेपाल क्षेत्रीय कार्यालय र बुटवलको देवीनगर स्थित दुर्गा मन्दिर प्राङ्गणमा रक्त संकलन गरिने बताइएको छ ।