नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भएकाे अभियाेग सहित पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई साे पार्टीले जिम्मेवारीबाट निलम्बित गरेको छ ।
नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न रहेकाे अभियाेगमा राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक चितवनको कालिका नगरपालिका-५ पदमपुरका कँडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार पक्राउ गरेकाे थियाे ।
रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा बस्न जाने क्रममा ठूलो मात्रामा त्रिभुवन विश्वविद्यालय समेतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र सहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेकाे थियाे । पक्राउ परेका यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।