तिलोत्तमाको नगरसभा : भुमीकर सम्बन्धि प्रस्ताव पारित

1.3K

तिलोत्तमाको नगरसभा : भुमीकर सम्बन्धि प्रस्ताव पारित

तिलोत्त्मा नगरपालिकाको दोस्रो नगरसभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ । अधिवेशन नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको हो । बुधबार भएकाे नगर सभाले कार्यपालिकाले निर्णय गरेका बिभिन्न भूमिकर राजश्व सम्बधि प्रस्ताव पास गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।
नगरसभाले विभिन्न कार्यक्रमको अनुमोदन, राजश्व परामर्शसगै करका केहि दायरामाथि छलफल समेत गरि प्रस्ताव पारित गरेको छ । नगर उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमा आर्थिक ऐन २०८२ को दफा ३ मा रहेको भूमिकर संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।
जुन प्रस्ताव नगरपालिकाका नगरसभा सदस्यहरुबीच प्रस्तावको अनुमोदन गरि पारित समेत गरिएको छ । प्रस्तावमाथि भएको छलफलमा सहभागी नगर सभा सदस्यको जिज्ञासामा नगर प्रमुख तथा उपप्रमुखले क्रमिकरुपमा जवाफ दिनुभएको थियो ।