रुपन्देही नीजि क्षेत्रबाट सञ्चालन गरिएका शैक्षिक संस्थाहरु भाेली आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्याब्सन, हिसान र नेशनल प्याब्सन रुपन्देहीले शनिबार संयुक्त विज्ञप्ति जारी गरि भाेली आईतबारदेखि पठनपाठन सुचारु गर्ने जानकारी गराएका हुन् ।
जेन-जी समुहकाे आन्दाेलनका कारण यहि भदाै २४ गतेदेखि शैक्षिक संस्थाहरु प्रभावित भएकाे र अबदेखि विद्यालयहरूमा शिक्षण गतिविधि सुचारु हुने विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
संयुक्त विज्ञप्तिमा अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूप्रति कठिन परिस्थितिमा देखाएको धैर्यता र सहयोगप्रति आभार प्रकट गरिएको छ ।