मदाने गाउँपालिका अध्यक्ष कुँवरद्वारा क्यान्सर पिडित थापाको उपचारार्थ आर्थिक सहयोग

1.3K

मदाने गाउँपालिका अध्यक्ष कुँवरद्वारा क्यान्सर पिडित थापाको उपचारार्थ आर्थिक सहयोग

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले क्यान्सर रोगको उपचार गराईरहेका वडा नं. १ अगलुङ निवासी ५१ वर्षीय मोहन थापाको उपचारको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
विगत केही समयदेखि क्यान्सर रोग लागेर काठमाण्डौं स्थित टिचिङ अस्पतालमा उपचाररत थापालाई अध्यक्ष कुँवरले १० हजार २ सय रुपैंया सहयोग गर्नुभएको हो । अध्यक्ष कुँवरले सोमबार अगलुङस्थित घरमै पुगेर मोहनकी श्रीमती कल्पनालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । क्यान्सर ग्रसित थापाको उपचारमा थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले आफूले पालिकाबाट पाउने सुविधा वापतको रकमबाट सहयोग गरिएको बताउनु भयो ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका कुवँरले पालिकाको अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट पाउने सुविधा वापतको रकम पार्टीको खातामा जम्मा हुने व्यवस्था मिलाउनु भएको छ । त्यसरी पार्टीको खातामा आएको रकम पार्टी समितिको निर्णयबाट गरिव तथा विपन्न समुदायका सदस्यहरुको शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गर्दै आएको उहाँले बताउनु भयो ।