डोल्पा, हुम्ला र मनाङबाहेकका जिल्लामा डेंगु : संक्रमितको संख्या ५ हजार नजिक

1.3K

डोल्पा, हुम्ला र मनाङबाहेकका जिल्लामा डेंगु : संक्रमितको संख्या ५ हजार नजिक

नेपालमा अहिले डोल्पा, हुम्ला र मनाङबाहेकका जिल्लामा डेंगुको संक्रमण देखिएको छ । देशका ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगुको संक्रमण फैलिएको र ४ हजार ८ सय १४ जनामा संक्रमण भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार डोल्पा, हुम्ला र मनाङबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । संक्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ । गर्मीका कारण हुने डेंगुको पानी पनि पर्न रोकिए र अब विस्तारै जाडो सुरु हुन थालेपछि सङ्क्रमणको जोखिम पनि कम हुने महाशाखाले जनाएको छ ।
महाशाखाले दिएको तथ्यांकअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली प्रदेशमा दुई सय ७० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।