खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ । बुधबार बुटवलमा कार्यक्रम गरि संघको हालै सम्पन्न १९ औं साधारणसभा तथा १० औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएकाके हो ।
उक्त अधिवेशनबाट निर्वाचित गोपालप्रसाद प्रधानको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई महेन्द्रप्रसाद पोखरेल नेतृत्वका निवर्तमान कार्यसमितिले पद हस्तान्तरण गरेको हो । त्यसै अवसरमा विजया दशमी, दीपावली, छठ तथा नेपाल संम्वतको शुभकामना आदान–प्रदान पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले समय अनुसार व्यापारको शैली बदल्न सुझाव दिनुभयो । राज्यले उद्योग तथा व्यवासायी मैत्री नीति लागु नगर्दासम्म बैकको ब्याजदर घटाएर मात्र नहुने बताउँदै उहाँले बजार चलायमान बनाउन निजी क्षेत्रलाई शान्ति सुरक्षा, लगानी सुरक्षा सहित लगानीमैत्री वातावरण निर्माणमा जोड दिनुभयो ।
त्यस अवसरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई संस्थाका संस्थापक अध्यक्ष एवं निर्वाचन मण्डलका संयोजक टिकाराम गैरले शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष महेन्द्रप्रसाद पोखरेल बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष दयाराम भण्डारी, खुद्रा किराना व्यवासयी संघका पूर्व अध्यक्षहरू केशव कुँवर, मोहनप्रसाद बस्याल, ज्ञानप्रसाद न्यौपाने लगायत बुटवलको बजारलाई चलायमान बनाउनको सरकारले शान्ति सुरक्षा, लगानी सुरक्षा सहित लगानीमैत्री वातावरण बनाउनु पर्ने र उद्योगी व्यवसायी पनि एकजुट हुनुपर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका नवनिवाचीत अध्यक्ष गोपालकुमार प्रधान, सल्लाहकार कृष्णप्रसाद पाण्डेय, निवर्तमान महासचिव दधि(गोपाल) ज्ञवाली, उपाध्यक्ष ज्ञानप्रसाद न्यौपाने, नवनिर्वाचित महासचिव यमलाल बेल्लासे, डेरी व्यवसायी संघ रुपन्देहीका कमल काफ्ले शुभकामना व्यक्त गर्नुभएको थियो ।