बुटवल हस्पिटल प्रा.लि.ले दशैंको बिदा अवधिभर पनि सेवा दिएकाे छ । असोज १३ गते दशैंको फूलपातीबाट सरकारले बिदा दिएको भए पनि बुटवल हस्पिटल प्रा. लि. ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी अस्पतालका सबै सेवाहरू नियमित रूपमा सञ्चालन गरेकाे हाे ।अस्पतालको इमर्जेन्सी, ओपीडी, आईसीयू, एनआईसीयू, अपरेशन लगायतका सबै सेवाहरू नियमित रूपमा सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।
सरकारबाट १ सय शैयाको बेड सञ्चालन अनुमति प्राप्त बुटवल हस्पिटल प्रा. लि. ले वर्षभरि ३६५ दिन सेवा प्रदान गर्ने भएकाले कुनै पनि बिरामीलाई समस्या नपर्ने अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताउनुभयो । उहाँले चाडपर्वका बेला स्वास्थ्य संस्था बन्द हुँदा धेरै बिरामीले समस्या भोग्नुपरेको विगतको अनुभवलाई स्मरण गर्दै अस्पताल सधैं खुला रहनु पर्ने पक्षमा रहेको बताउनुभयो ।
बुटवल हस्पिटल प्रा. लि. का वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठक हरेक वर्ष चाडपर्वमा पनि बिरामीहरूको सेवामा खटिँदै आउनुभएको छ । उहाँले बिरामीको उपचार गरेर ज्यान बचाउनु नै चिकित्सकका लागि सबैभन्दा ठूलो सन्तुष्टिको विषय भएको बताउनुभयो ।