देशभर बाढी-पहिरो : ५२ जनाको मृत्यु

1.3K

देशभर बाढी-पहिरो : ५२ जनाको मृत्यु

शुक्रबार र शनिबार लगातार परेको अविरल वर्षाका कारण देशभर बाढी र पहिरोको त्रास बढेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, हालसम्म विभिन्न स्थानमा बाढी–पहिरोका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।
सबैभन्दा धेरै कोशी प्रदेश प्रभावित बनेको छ । उक्त प्रदेश अन्तर्गत इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, पाँचथरमा ८ जना, उदयपुर र खोटाङमा २/२ जना, रौतहटमा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद्मा परी घाइते र बेपत्ता हुनेको पनि संख्या उल्लेख्य रहेको बताइएको छ । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार र राहत कार्यमा खटिएका छन् ।
सरकारले प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक सहयोगका निर्देशन दिएको छ । मौसमविद्हरूका अनुसार अझै केही दिनसम्म वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।