देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण उत्पन्न परिस्थितिमा गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट जारी पत्रमा भनिएको छ, “विपद् जोखिम तथा प्रतिकार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूले सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरिएको छ।”
मन्त्रालयले स्थानीय प्रशासनहरूलाई जनताको दैनिक कामकाज सहज बनाउने गरी सेवा सञ्चालनमा ल्याउन, तर आवश्यक सतर्कता कायम राख्न पनि आग्रह गरेको छ।
यसअघि, लगातारको वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राखी आज आईतबार र भाेली साेमबार सार्वजनिक विदा दिईएकाे थियाे । अवस्था सामान्य जिल्लामा साेमबार प्रशासनिक सेवा पुनः सुचारु गर्ने निर्णय गरिएको हो ।