प्रतिनिधि सभा निर्वाचनकाे तयारी प्रारम्भ : निर्वाचन कार्यतालिका स्वीकृत

1.3K

प्रतिनिधि सभा निर्वाचनकाे तयारी प्रारम्भ : निर्वाचन कार्यतालिका स्वीकृत

आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयारी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । आयोगले सोमबार बसेको बैठकबाट निर्वाचन कार्यतालिका स्वीकृत गर्दै तयारी कार्य प्रारम्भ गरेको हो ।
स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता तथा सम्बन्धित कार्यक्रम सञ्चालन गरिने छ । पहिलो चरणमा निर्वाचन प्रयोजनका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने र फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार कार्य सञ्चालन हुने उल्लेख गरिएको छ ।
फागुन २१ गते बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान हुने र त्यसपछिका मतगणना कार्य निरन्तर रूपमा सञ्चालन हुने आयोगले जनाएको छ । मतगणना र परिणाम घोषणा कार्य फागुन १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
निर्वाचन तयारीका क्रममा आयोगले राजनीतिक दल, सरोकारवाला निकाय र सहकर्मीहरूसँग निरन्तर परामर्श र समन्वय गर्ने जनाएको छ । राजनीतिक दल दर्ताका लागि मंसिर १ देखि १० गतेसम्मको समय तोकिएको छ, र यस अवधिभित्र दर्ता कायम गरेका दलले मात्र निर्वाचन प्रयोजनका लागि सहभागी हुन सक्ने आयोगले जनाएको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आयोगले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबै आवश्यक तयारीहरू अघि बढाइसकेको छ ।

(फाेटाे ए.आई.काे सहयाेगमा तयार गरिएकाे हाे ।)